फोटो फिचर
1662461018.jpg)
काठमाडौं । काठमाडौं उपत्यकामा धुमधामका साथ मनाइने इन्द्रजात्राको तयारी तीव्र पारिएको छ ।
इन्द्रजात्राका लागि काठमाडौंको हनुमानढोकामा रहेको गद्दी बैठकमा रङरोगनको काम भइरहेको छ भने कुमारी घर र मठमन्दिरलगायतमा साजसज्जाको काम भइरहेको छ ।
त्यस्तै, इन्द्रजात्रामा कुमारी, भैरव र गणेशका रथलाई पनि तयारी अवस्थामा राखिएको छ । भदौ २२ गते बिहानको शुभ साइतमा इन्द्रध्वज (यःसिँ) उठाएपछि विधिवत् रूपमा सुरु हुने जात्रा २४ गते इन्द्रजात्राका दिनमा राष्ट्रपति लगाएयका उच्च पदस्थ व्यक्तिहरू सहभागी भई जात्रा अवलोकन गर्ने परम्परा छ ।
जात्रा भदौ २९ गते समापन हुन्छ ।
तस्बिरहरू : अभिषेक महर्जन/बाह्रखरी
प्रकाशित मिति: मंगलबार, भदौ २१, २०७९ १६:२९
प्रतिक्रिया दिनुहोस्