site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
सांसदले तलब भत्तामै लिए सवा ५९ करोड, तर राख्न सकेनन् प्रदेशको नाम !
SkywellSkywell

विराटनगर । प्रदेश नम्बर १ का सांसद र उनीहरूबाटै सरकार सञ्चालन गर्न चुनिएर गएका मुख्यमन्त्री/मन्त्रीहरूले आफ्नो तलब सुविधामा आधा अर्बभन्दा धेरै रकम खर्च गरेका छन् । सावरी साधान, इन्धन, सचिवालय सञ्चालन आदिको खर्च जोड्ने हो भने यो रकम अझ बढ्छ । 

कार्यकाल सकिन अब केही महिनामात्र बाँकी छ । प्रदेश सभाको अन्तिम बैठकपछि संसद् अधिवेशन नै अन्त्य भएको छ । त्यसैले अब प्रदेश १ ले नाम पाउने सम्भावना टरिसकेको छ । यो पाँच वर्षको अवधिमा सरकारको सुविधा भोग गरेपनि पहिलो कार्यकालका सांसदको कार्यअवधि भने प्रदेशको नाम नराखी बितेको छ ।

मुख्यमन्त्री, मन्त्री, राज्यमन्त्री, संसदीय समितिका सभापति, विपक्षी दलका नेता, प्रमुख सचेतक र सचेतकलाई सवारी साधन उपलब्ध गराउन भएको खर्चसमेत जोड्ने हो भने प्रदेश सरकारको अर्बौं रूपैयाँ खर्च भएको देखिन्छ ।  

Dabur Nepal
NIC Asia

प्रदेश नम्बर १ मा ९३ जना सांसदको पारिश्रमिक प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक तथा सुविधा सम्बन्धी व्यवस्था गर्न बनेको ऐन २०७५ अनुसार तोकिएको छ । जसअनुसार हरेक सांसदले मासिक ७६ हजार १०० पाउँछन् । यसमा आवास भाडा, धारा, बिजुली, सञ्चारलगायत शीर्षक समावेश गरिएको छ ।

उनीहरूलाई सरकारले आफ्नो निर्वाचन क्षेत्रमा भ्रमणमा जाँदा दैनिक दुई हजार ५०० मासिक तीन दिनको अलग्गै उपलब्ध गराउँछ । सभामा आउँदाको भने आधा दिनको पारिश्रमिक मात्र जोडिन्छ । 

प्रदेशसभाको लेखाशाखाले दिएको जानकारीअनुसार सवारी साधन नहुने सांसदहरूले आउजाउ गर्न सवारी भाडा पनि पाउँछन् । भौगोलिक रूपमा जिल्ला विभाजन गरी सांसदले यस्तो भाडा प्राप्त गर्छन् । हिमाली, पहाडी र तराई क्षेत्रलाई विभाजन गरी भ्रमण दिन मिलाइएको प्रदेश सभा सचिवालयका लेखा अधिकृत भगवानमान श्रेष्ठले जानकारी दिए ।

“सोलुखुम्बु, ओखलढुंगा मास्तिरका जिल्लाका माननीहरूले छ दिन, त्यस तलकाले पाँच दिन र तराईतर्फकालाई चार दिनको दिइन्छ,” उनले भने ।

यसबाहेक प्रदेशसभाबाट सवारी साधन प्राप्त गरेका प्रमुख विपक्षी दलका नेता, सत्तारूढ दलका नेता, प्रमुख सचेतक, सचेतक, संसदीय समितिका सभापति, सभामुख, उपसभामुखले इन्धन र सवारी मर्मतको खर्चसमेत पाउँछन् ।

औसत हिसाब गर्दा एक कार्यकाल पूरा हुनै लाग्दा प्रदेश १ का सांसदको खर्च पचास करोडभन्दा धेरै भएको देखिन्छ । एक जना सांसदको तलब भत्ता तथा निजी स्वकीय सचिवकको पारिश्रमिकसमेत जोड्दा मासिक एक लाख ६ हजार ३०० रुपैयाँ खर्च हुन्छ । सांसदको स्वकीय सचिवले सुब्बासरह मासिक ३० हजार २०० रुपैयाँ बुझ्छन् । प्रतिसांसद ६३ लाख ७८ हजार रुपैयाँ न्यूनतम खर्च हुँदा पाँच वर्षमा ५९ करोड ३१ लाख ५४ हजार खर्च भएको छ । ९३ जना सांसदमध्येबाटै मुख्यमन्त्री, मन्त्री र राज्यमन्त्री बनेकाहरूले प्राप्त गर्ने सुविधा, सचिवालय खर्च, इन्धन, सवारी साधन आदि जोड्ने हो भने प्रदेश सरकारको खर्चमा अझ बढोत्तरी भएको देखिएको छ ।

सवारी सधान लिनेको अझ बढी खर्च
प्रदेश सरकारले विपक्षी, सत्तारूढ दलका नेता, प्रमुख सचेतक, सचेतक र संसदीय समितिका सभापतिहरूलाई कानुले तोकेबमोजिमको सांसदहरूको भन्दा अतिरिक्त सुविधा दिन्छ । उनीहरूले सवारी साधन सुविधासमेत प्राप्त गरेका छन् । 

प्रदेश १ मा नेपाली कांग्रेस प्रमुख विपक्षमा  रहँदा र पछि सरकारमा सामेल भइसकेपछि दलका नेताको पारिश्रमिक  ५२ लाख ७१ हजार, एमाले संसदीय दलका नेताको ५२ लाख ७१ हजार, माओवादी केन्द्रका नेताका लागि ५२ लाख रुपैयाँ खर्च भएको छ । जसपाका संसदीय दलका नेताले चार वर्ष ४२ लाख ९६ हजार बुझेका छन् । अहिले मन्त्री भएकाले मन्त्रीको पारिश्रमिक एक वर्षको ९ लाख २६ हजार प्राप्त गर्नेछन् । राप्रपा दलका नेताको पारिश्रमिक ५३ लाख, संघीय लोकतान्त्रिक राष्ट्रिय मंच दलका नेताले ५० लाख (हाल राज्यमन्त्री) कार्यकाल पूरा गरिसक्दा बुझ्ने छन् । 

प्रदेश नम्बर १ का सातवटा संसदीय समितिका सातैजना सभापतिले सवारी साधन सुविधा प्राप्त गरेका छन् । उनीहरूको पारिश्रमिक, भम्रण भत्ता आदिमात्रै पाँच वर्षमा तीन करोड ४१ लाख खर्च भएको छ । सभामुखले तलब भत्ताबापत ५७ लाख ६२ हजार, उपसभामुखले ५३ लाख ४० हजार, सत्तापक्षीय–विपक्षी दलका प्रमुख सचेतकले ४८ लाख ७९ हजार, सत्तापक्षीय–विपक्षी सचेतकले क्रमशः ५१ लख ५७ हजार तलबभत्ता बुझेका छन् ।

प्रदेश सभा सचिवालयले दिएको जानकारीअनुसार यो अवधिमा सांसदको घर भाडामा मात्र नौ करोड ४६ लाख खर्च भएको छ । मुख्यमन्त्रीको र मन्त्रीहरूको सचिवालयको वार्षिक खर्चसमेत लाखौँ रूपैयाँ छ । मुख्यमन्त्रीले प्रेस सल्लाहकार, आर्थिक सल्लाहकार, राजनीतिक सल्लाहकारलगायतलाई नियुक्त दिन सक्ने कानुनी व्यवस्था गरिएको छ । 

एक तिहाइ सांसदलाई मिल्यो मन्त्री बन्ने अवसर
प्रदेश एकको कुल ९३ मध्ये एक तिहाइ सांसदले मन्त्री हुने अवसर प्राप्त गरेका छन् । पाँच वर्षे कार्यकाल पूरा हुनै लाग्दा तीन जना मुख्यमन्त्री बनेका छन् । शेरधन राई मुख्यमन्त्री छँदा विभिन्न समयमा मन्त्रिमण्डल विस्तार हुँदा कार्यकालभरि ११ जनाले मन्त्री हुने अवसर पाए । 

त्यसपछि भीम आचार्यले अल्पमतको सरकारको नेतृत्व गरे । उनको दुई महिने कार्यकालमा १० जनाले मन्त्री हुने अवसर पाए । अहिले राजेन्द्र राई नेतृत्वको सरकार १३ सदस्यीय छ । सुरुमा सात मन्त्रालय मात्रै छँदा भन्दा मन्त्री तथा मन्त्रालय थपिएसँगै प्रदेश सरकारको खर्च समेत बढेको छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २०, २०७९  ०८:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro