site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

भनिन्छ, बोलीमा व्यक्तिको चरित्र र प्रवृत्ति प्रतिविम्बित हुन्छ । निलम्बित प्रधान न्यायाधीश चोलेन्द्रशमशेर राणाले प्रतिनिधि सभाको महाभियोग सिफारिस समितिमा दिएका बयानबाट पनि यस कथनको पुष्टि भएको छ । 
 
समितिले उनीमाथि लागेका आरोपहरूसँग सम्बन्धित प्रश्न गर्दा उनले तिनको चित्त बुझ्दो उत्तर दिएनन् । उल्टै पूर्वसहकर्मी र उनको विरोध गर्नेहरूको चरित्र हत्या गर्न उद्यत भए । उनका उत्तरबाटै आरोप पुष्टि भएको छ ।
 
छानीछानी वरीयताका आधारमा प्रधान न्यायाधीशको क्रममा रहेका न्यायाधीशहरूविरुद्ध राणाले विभिन्न आरोप लगाएका छन् । आरोपहरू सही हुन् भने न्याय परिषद्को समेत अध्यक्ष रहने प्रधान न्यायाधीशका रूपमा राणाले किन उनीहरूविरुद्ध कारबाही नगरेका रु
 
राणाका आरोप सत्य हुन् भने पनि त्यस्ता न्यायाधीश र कानुन व्यवसायीमाथि कारबाही नगर्ने व्यक्ति प्रधान न्यायाधीशको पदमा रहन योग्य हुँदैन । यसले पनि चोलेन्द्रशमशेर राणामाथि महाभियोग लगाउनुको औचित्य सिद्ध हुन्छ ।  
 
राणा समग्र न्यायपालिकाप्रति नै अनास्था बढाउन उद्यत रहेको देखियो । अर्थात्, उनले पदमा रहेका बेला त न्यायालयको गरिमा घटाएकै थिए निलम्बित हुँदा पनि न्यायपालिकाको मर्ममा प्रहार गर्न छाडेनन् । राणालाई न्यायाधीश नियुक्त गर्ने सबैलाई अहिले लाज र पछुतो लागेको हुनुपर्छ ।
 
अदालतको मानहानिको मुद्दा सोही अदालतमा चलेजस्तै प्रतिनिधि सभामा प्रस्तुत महाभियोगको प्रस्ताव पनि संसद्को सोही सदनले निर्णय गर्ने संवैधानिक व्यवस्था छ । न्यायाधीशमा न्यायिक मन हुन्छ भन्ने विश्वास गरिएजस्तै सांसदहरू आग्रहमुक्त हुन्छन् भन्ने मान्यताले नै यस्तो प्रचलन रहेको हुनुपर्छ ।
 
राणाविरुद्धको महाभियोग प्रस्ताव प्रक्रियामा लैजान किन ढिला गरियो भन्ने प्रश्नको उत्तर भने प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले दिनुपर्छ । यस प्रकरणले समेत सापकोटा पनि सभामुख पदका लागि अयोग्य रहेको देखाएको छ ।
 
सभामुखले महाभियोग प्रकरणमा गरेको ढिलाइ संविधानको मर्मविपरीत छ । तर, विपक्षले महिनौ संसद् अवरुद्ध गर्दा पनि सभामुखविरुद्ध प्रस्ताव ल्याएन । तैपनि, संसद्को मर्यादाका लागि समेत सभामुख सापकोटासँग स्पष्टीकरण सोधिनु आवश्यक र उचित देखिन्छ । 
 
अब महाभियोग सिफारिस समितिले अब धेरै ढिला नगरोस् । तर, राणालाई पनि जबाफ दिन पर्याप्त समय भने दिनुपर्छ । सायद, उनको उत्तरले नै महाभियोगको आवश्यकता र औचित्य पुष्ट हुनेछ । साथै राणामा भरिएको कुष्ठाको विष सबै बयानकै क्रममा पोखियो भने त्यसले विरेचकको काम पो गर्नसक्छ कि ? 
 
  
 
 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १९, २०७९  १५:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement