site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
बलिउड फिल्म ‘एनिमल’का लागि मुम्बई पुगेर ‘लुक टेस्ट’ गरेर फर्किए विपीन
Sarbottam CementSarbottam Cement

काठमाडौं । अभिनेता विपीन कार्की बलिउड सिनेमा ‘एनिमल’का लागि मुम्बई पुगेर फर्किएका छन् । अघिल्लो साता उनी मुम्बई पुगेर ‘एनिमल’ निर्माण टिमलाई भेटेका हुन् । 

“चलचित्रका लागि लुक टेस्ट भयो । क्यारेक्टरका विषयमा कुरा भयो,” विपीनले बाह्रखरीसँग भने, “क्यारेक्टरमा बसेर कसरी काम गर्ने भन्ने निर्माण पक्षसँग छलफल भयो ।” 

उनले आफूले गर्ने रोलबारे निर्देशकसँग विस्तृतमा छलफल गरेको बताए । आफ्नो सुटिङ सेड्युलबारे पनि कुरा भएको भन्दै विपीनले आफ्नो क्यारेक्टरको सुटिङ नोभेम्बरमा सुरुमा १७ दिन रहेको बताए । मुम्बई लगायत केही ठाउँमा आफ्नो क्यारेक्टरको छायांकन हुने उनको भनाइ छ । 

Prabhu Bank
Agni Group
NIC Asia

“हाम्रोजस्तो होइन त्यहाँ छायांकन लामो समय लगाएर गरिन्छ,” उनले भने, “हालसम्म २० प्रतिशत मात्रै छायांकन भएको रहेछ ।” मुम्बई गएर निर्माण पक्षसँग मौखिक सहमति भए पनि कागजी सम्झौता भने भएको छैन । 

‘एनिमल’को क्यारेक्टरमा विपीन यतिबेला केही तयारी गरिरहेका छन् । चलचित्रको काममै व्यस्त रहेकाले धेरै तयारी गर्न नपाए पनि चरित्र निर्माणमा केही तयारी भने उनले गरिरहेका छन् । 

Global Ime bank

रामबाबु गुरुङको निर्देशन रहने चलचित्र ‘फूलबारी’को छायांकनमा छन् अहिले विपीन । 

यसअघि उनले मसम्बई जानु अगाडि ‘एनिमल’मा उनलाई दिइएको स्क्रिप्ट र त्यसको चरित्र अनुसार उनले आफ्नो क्यारेक्टरको डमी  पठाएका थिए । डमी  हेरेर प्रोडक्सनले यति भए इनफ हुन्छ भनेको थियो । 

आफूले पाएको अवसरलाई पूर्ण सदुपयोेग गर्दै नेपाली कलाकारका लागि मुम्बईको ढोका खोल्न आफू प्रयासरत रहने विपीन बताउँछन् । 

“मैले एनिमलमा राम्रो काम गर्न सकिनँ भने नेपाली कलाकारका लागि मुम्बईको ढोका बन्द हुनेछ,” विपीन भन्छन्, “त्यसैले मैले जसरी हुन्छ, राम्रो काम गरेर नेपाली कलाकार अब्बल रहेको प्रमाणित गर्नुपर्नेछ ।” 

‘अर्जुन रेड्डी’को हिन्दी भर्सन ‘कबिर सिंह’ निर्देशन गरेका सन्दीप रेड्डी भांगाले निर्देशन गरिरहेको चलचित्र ‘एनिमल’मा विपीन पनि मुख्य कलाकार मध्येका एक हुन् । ‘एनिमल’मा रनवीर कपुर, अनिल कपुर, बबी देओल र परिनीति चोपडाले अभिनय रहनेछ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ १८, २०७९  ११:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय