site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
उसले टिकट पाउनैपर्छ !
Sarbottam CementSarbottam Cement

दिवस खनिया


तपाईंलाई थाहा छैन उसको योगदान ?
उसले हरेक सडकका रेलिङ भाँचेको बिर्सनुभयो ? 
हरेक पर्खाल भत्काएर
प्रहरीलाई इँटाले हानेको सम्झना छैन ?

चन्दा नदिँदा
उसले पेस्तोल ताकेर बहादुरी देखाएकै हो त !

Prabhu Bank
Agni Group
NIC Asia

त्यसकारण उसले टिकट किन नपाउने ? 
ऊजति अनुभवी को छ यहाँ ?

उसले जनतालाई जात–जातमा लडाएकै थियो
धर्म–धर्ममा भिडाएकै हो
पहिचान र समानताको डम्फु बजाएर
जीवनमा कहिले पो थाकेको छ र ऊ ?

Global Ime bank

अरू विद्वान्हरूभन्दा उही पाखण्ड छ
नपत्याए हरेक जनतालाई सोधेर हेर्नुस्,
उसको व्यवहारदेखि सबै डराउँछन् !
उनीहरू सबैलाई उसले
चुँ पनि बोल्न नसक्ने पारेर राखिदिएको छ ।

त्यसैले नेताजी, उसलाई टिकट दिनैपर्छ
आखिर तपाईंहरूले खोजेको पनि
उहीजस्तो त हो नि !

तपाईंहरूले उमेदवार हुनको लागि
ठग, भ्रष्टाचारी, दुराचारी या बलात्कारी हुनैपर्ने
नत्र टिकट नै नपाइने नियम लगाइदिनुभयो
यी सबै योग्यता ऊसँगजति अरू कोसँग छ र ?

होली वाइनको कसम !
उसले रातो पासपोर्ट मात्र बेचेको छैन
अरू सबथोक बेचिसक्यो ।
त्यसैले नेताजी, तपाईंले उसलाई टिकट दिनैपर्छ ।

योग्यता नै त्यस्तै राख्नुभयो त ऊ के गरोस् ?
बहुविवाह गरेकै हुनुपर्ने,
अर्काको श्रीमती वा श्रीमान् लिएर भागेकै हुनुपर्ने ।
अनि, जनताले
तिनै नैतिकहीन पाखण्डहरूलाई जिताउनुपर्ने !

क्या गजबको छ नेताजी मेरो देश !

त्यसैले अब उसको पालो हो
नेताजी, योपालि उसले टिकट पाउनैपर्छ !
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ १८, २०७९  ०८:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय