site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
दयाहाङ भन्छन्– गाउँमा सडक आउँदैनमात्र त्यसले धेरै कुरा लिएर पनि जान्छ
Sarbottam CementSarbottam Cement

काठमाडौं । अभिनेता दयाहाङ राईले पूर्वाधारको विकाससँगै त्यसले सकारात्मक र नकारात्मक परिवर्तन पनि ल्याउने बताएका छन् । गाउँमा सडक पुगेपछि त्यसका अन्य असर पनि समाजमा देखिने उनको भनाइ छ । 

“गाउँमा बाटो मात्रै आउँदैन, त्यससँगै धेरै कुरा आउँछ होला । त्यसले गाउँबाट धेरै कुरा लान्छ पनि होला,” चलचित्र गाउँ आएको बाटोको आज टिजर सार्वजनिक कार्यक्रममा उनले भने, “गाउँमा सडक आएपछिको परिवर्तन यो सिनेमामार्फत् देखाउने प्रयास गरेका छौँ ।” 

टिजरमा गाउँले जीवन, उकाली ओरोली, पूर्वी पहाडका बालबालिकाको सहरप्रतिको जिज्ञासा देखाइएको छ । गाउँमा सडक पुग्दाको खुसी समेटिएको टिजरले चलचित्रको सारांश बुझाउने प्रयास गरेको छ । गाडी आउँदा माला गाएर स्वागत गर्ने प्रचलन टिजरमा देखिन्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

दयाहाङले ‘गाउँ आएको बाटो’ दर्शकले मन पराउने विश्वास समेत व्यक्त गरे । थुप्रै इन्टरनेसनल फिल्म फेस्टिभलमा पुगेर विश्वभरका दर्शकको प्रशंसा पाएकाले नेपाली दर्शकले पनि माया पाउनेमा उनी ढुक्क छन् । 

निर्देशक नवीन सुब्बाले चलचित्रले बाउ र छोराको आत्मीय सम्बन्ध र दुःख सुखको कथा भन्ने जानकारी दिए । “यो कथा महेश राई (सिनेमाका लेखक)ले मलाई सुनाउन बित्तिकै मैले मेरो बुवालाई सम्झिएँ । मैले बुवासँग धेरै लामो समय बिताउन पाइनँ । त्यसपछि यो सिनेमा हामीले सबैको कथा हो भनेर बनाएका हौँ”, उनले भने, “सन्तान हुर्काउन बुवाआमाले गरेको संघर्षको कथा यो चलचित्रले भन्नेछ ।” 

Global Ime bank

इन्टरनेसनल फिल्म फेस्टिभलमा गएको चलचित्र भन्नबित्तिकै नबुझिने वा बुझ्न नसकिने सिनेमा हुन्छ भन्ने ‘हाउगुजी’ रहेको भन्दै उनले भने, “त्यस्तो होइन । हामीले सामान्य तरिकाले सिनेमाको कथा भनेका छौँ । नुमाफुङ जस्तै सरल सिनेमा छ ।” उनले नेपाली सिनेमा क्षेत्रको विकासका लागि फेस्टिभलमा जाने र कमर्सियल भनेर बनाइने दुवै सिनेमाको उत्तिकै निर्माण र प्रदर्शन आवश्यक रहेको बताए । 

निर्माता आमोद राईले इन्टरनेसनल फिल्म फेस्टिभलमा जस्तै नेपालमा पनि माया पाउनेमा आफू ढुक्क रहेको बताए । “हामीले यो चलचित्रमार्फत् नेपालको कथा विश्वभर सुनायौँ । विदेशका दर्शकले पनि मन पराइदिनुभयो,” उनले भने, “हाम्रा दर्शकले पनि मन पराइदिनुहुन्छ भन्ने हाम्रो विश्वास छ ।” 

 ‘गाउँ आएको बाटो’ले पूर्वी नेपालको हिमाली क्षेत्रमा बाँसको चोयाबाट डोकाडालो बनाएर जीवनयापन गर्ने माइला (दयाहाङ राई), माइली (पशुपति राई) र उनीहरूको सातवर्षे छोरा बिन्द्रे (प्रसान राई)को जीवनमा उक्त गाउँमा मोटरबाटो भित्रिएसँगै आएका आधुनिक परिवर्तन र संघर्षको कथा पेस गर्ने निर्माण पक्षले जनाएको छ ।

पछ्याउँदै आएको परम्परागत जीवनशैलीमाथि के गर्ने भनेर मूल पात्रले लिने निर्णयमा सिनेमाको कथा केन्द्रित छ । बाबुआमा र उनीहरूको छोरा विकाससँगै बदलिएको परिस्थितिमा नयाँ संसारमा कसरी घुलमिल हुन्छन् र सपना फेरिन्छन् भन्ने कथा चलचित्रले भन्ने निर्माण पक्षले जनाएको छ ।

‘गाउँ आएको बाटो’ आउँदो जेठ २५ गते रिलिज हुँदै छ । चलचित्रमा दयाहाङ राई, पशुपति राई र प्रसान राई प्रमूख भूमिकामा छन् ।

‘नुमाफुङ’ बनाएर फरक धारका चलचित्रका लागि प्रशंसा बटुलेका सुब्बाको यो तेस्रो सिनेमा हो । उनले बनाएको दोस्रो सिनेमा ‘गुडबाई काठमाडौं’ भने सार्वजनिक प्रदर्शनमा आएको छैन ।

टोरोन्टो र बुसान फिल्म फेस्टिभलमा समेत प्रशंसा बटुलेको ‘गाउँ आएको बाटो’को पटकथा निर्देशक सुब्बाले महेश राईसँगको सहकार्यमा लेखेका छन् । मेन्छ्याम फिक्चर्स र बाँसुरी फिल्मस्को संयुक्त ब्यानरमा बनाइएको सिनेमाका निर्माता अमोद राई र निर्देशक सुब्बा हुन् । 

यो सिनेमाको अन्तर्राष्ट्रिय रिलिजको राइट्स सेभेन सिजले खरिद गरेको छ । सिनेमाको कार्यकारी निर्मातामा सञ्जु राई, देवराज राई, नरहाङ राई र भीम राई छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  १६:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement