विदेश
जेरुसेलम । इजरायली सेनाले सोमबार दक्षिणी सहर गाजामा सम्भावित स्थलगत आक्रमण हुनुअघि पूर्वी रफाहबाट करिब एक लाख मानिसलाई सुरक्षित रूपमा स्थानान्तरण गर्न थालिएको जनाएको छ ।
कति मानिसलाई बाहिर निकालियो भनेर सोध्दा एक सैन्य प्रवक्ताले पत्रकारलाई भने, “करिब एक लाख मानिस छन् ।”
विश्व स्वास्थ्य संगठनका अनुसार हाल करिब १२ लाख मानिसले रफाहमा शरण लिइरहेका छन् । तीमध्ये अधिकांश इजरायल–हमास लडाकुबीच सात महिनाको युद्धका क्रममा गाजाको अरू ठाउँबाट भागेका थिए । रासस/एएफपी
प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१ १६:५८
प्रतिक्रिया दिनुहोस्