site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अशोक राईको पार्टी निर्वाचन आयोगमा दर्ता

काठमाडौं । निर्वाचन आयोगले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी दर्ता गरेको छ । जनता समाजवादी पार्टी (जसपा), नेपालबाट विभाजित भई नयाँ पार्टी दर्ताका निम्ति आइतबार दिइएको निवेदनमाथि आयोगले सोमबार निर्णय गरेको हो ।

राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ अनुसार दल दर्ताको निर्णय गरिएको आयोगका आयुक्त सगुनशमशेर जबराले बाह्रखरीलाई जानकारी दिए ।

उपेन्द्र यादव नेतृत्वको जसपा, नेपालका १२ प्रतिनिधिसभा सदस्यमध्ये सात सांसदले नयाँ दल दर्ताका लागि हस्ताक्षर गरेका थिए । निवेदन दिइएको २४ घण्टा नबित्दै आयोगले दल दर्ताको निर्णय गरेको हो ।

नयाँ गठित पार्टीमा राजेन्द्र श्रेष्ठ संघीय परिषद्का अध्यक्ष छन् । अशोक राई अध्यक्ष, रेणुकुमारी यादव सहअध्यक्ष र मोहमद इस्तियाक राई महासचिव रहेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  १६:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro