site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
एक सातामा ‘प्रकाश’ले कति गर्‍यो ग्रस कलेक्सन ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कथानक चलचित्र ‘प्रकाश’ले सन्तोषजनक व्यापार गरिरहेको छ । भदौ १० गतेबाट रिलिज भएको चलचित्रले एक सातामा एक करोड ७० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ । 

शुक्रबारबाट बिहीबारसम्म एक करोड ७० लाख ग्रस कलेक्सन गरेको ‘प्रकाश’का निर्माता महेन्द्र अधिकारीले जानकारी दिए । सुरुको पहिलो दिन पर्याप्त सो नपाउँदा त्यसको असर कलेक्सनमा देखिएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

वर्ड अफ माउथ, राम्रो समीक्षा र निर्माण टिमको दबाबका कारण दोस्रो दिनबाट क्यूएफएक्सले सो थपेको थियो । 

“अहिले पनि चलचित्र हेर्ने दर्शकको उल्लेख्य उपस्थिति छ । मल्टिप्लेक्समा औसतमा ७० प्रतिशत अकुपेन्सी छ,” निर्माता अधिकारीले भने, “सिंगल थिएटरमा भने केही स्लो छ । तर, वर्ड अफ माउथका कारण दर्शक आउनेक्रम बढिरहेकै छ ।” 

Global Ime bank

चलचित्रका मुख्य कलाकार प्रदीप खड्काले दोस्रो हप्तामा प्रवेश गर्दा पनि ‘प्रकाश’लाई दर्शकले उत्तिकै माया गरिरहेको बताएका छन् । आफूले गर्दै आएकोभन्दा फरक क्यारेक्टरमा पनि दर्शकले रुचाइदिएको उनको भनाइ छ । गुड लुकिङ हिरोको छवि बनाएका प्रदीपले आफूलाई क्यारेक्टर अभिनयमा पनि प्रुभ गर्नुथियो भन्दै भनेका छन्, “मलाई केही फरक गरेर आफूलाई प्रुभ गर्नुथियो, त्यसमा पनि यहाँहरूले रुचाइदिनुभयो । फेरि पनि म यस्तो काम गर्दै जानेछु ।”

दिनेश राउतले निर्देशन गरेको चलचित्रमा प्रदीपसँगै दीया मास्के र रेणु योगी मुख्य भूमिकामा छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ १८, २०७९  ०६:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय