काठमाडौं । आठौँ संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो २०२२ मा प्रदर्शकहरूको उल्लेख्य सहभागिता हुने आयोजकले दाबी गरेको छ ।
नेपाल फर्निचर तथा फर्निसिङ संघले राजधानीमा पत्रकार सम्मेलन गरेर एक्स्पोमा नेपालसहित भारत तथा बंगलादेशका प्रदर्शकको उत्साहजनक सहभागिता हुने जानकारी दिएको हो ।
संघले एक्स्पोको आन्तरिक तयारी पूरा गरी भौतिक तयारी सुरु गर्न लागिएको बताएकाे छ ।
एक्स्पो भदौ २३ गतेदेखि २७ गतेसम्म राजधानीको भृकुटीमण्डमा सञ्चालन हुनेछ ।
एक्स्पोमा १०० भन्दा बढी प्रदर्शनी कक्ष रहने संघले जानकारी दिएकाे छ । संघका अध्यक्ष शुभेन्द्र जोशीले फर्निचर तथा फर्निसिङसँग सम्बन्धित विश्व बजारका आधुनिक प्रविधिको जानकारी आदानप्रदान गर्न एक्स्पोले महत्वपुर्ण भूमिका खेल्ने बताए ।