काठमाडौं । यो साता सेयर बजारमा सात अर्ब ५५ करोड रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार गत साताको तुलनामा कारोबार रकम घटेको हो । गत साता नौ अर्ब ६४ करोड रुपैयाँको शेयर कारोबार भएकोमा यो साता कारोबार रकम दुई अर्ब नौ करोड रुपैयाँ घटेको छ ।
पछिल्लो समय बैंकहरूमा तरलता अभावका करण त्यसको प्रत्यक्ष प्रभाव सेयर बजारमा पनि परेको देखिन्छ । गत वर्षको यो समयमा दैनिक १५ देखि २० अर्ब रुपैयाँको सेयर कारोबार भएको थियो । तर, हाल सेयर कारोबार दैनिक एक अर्बदेखि दुई अर्बको बीचमा हुन थालेको छ । आज शुक्रबार दुई घण्टाको अवधिमा ६९ करोड ८८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
६ कारोबार दिनमा चार कारोबार दिन घटेको नेप्से दुई कारोबार दिन बढेको हो । यो साता नेप्से ५२ अंक घटेको छ । गत साताको अन्तिम दिन २०२२.६२ विन्दुमा रहेको नेप्से परिसूचक यो साताको अन्तिम दिन शुक्रबार १९७०.६२ विन्दुमा झरेको हो । यो साता दुई करोड १२ लाख ५३ लाख ७७८ कित्ता शेयर खरिद–बिक्री भएको छ । गत साताको तुलनामा कारोबार कित्ता पनि घटेको छ । गत साता दुई करोड ६१ लाख दुई हजार ४६७ कित्ता सेयर खरिद–बिक्री भएको थियो ।