अर्थ व्यवसाय
काठमाडौं । काठमाडौंको खुसिबुमा सामसुङ स्मार्ट प्लाजाको शाखाको उद्घाटन गरिएको छ । शोरुमको उद्घाटन सामसुङ इलेक्ट्रोनिक्सका कर्पोरेट प्रेसिडेन्ट र सीएफओ मिस्टर पार्क र गोल्छा ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक शेखर गोल्छाले संयुक्तरूपमा गरेका थिए ।
उक्त अवसरमा हिम इलेक्ट्रोनिक्सका निर्देशक सीमा गोल्छाले हिम इलेक्ट्रोनिक्सका अहिले उपत्यका बाहिर पाँचवटा सामसुङ स्मार्ट प्लाजा रहेको र हालसम्म उपत्यकाभित्र ६ वटा आउटलेट सञ्चालनमा रहेको बताइन् ।
प्रकाशित मिति: शुक्रबार, भदौ १७, २०७९ १४:१८
प्रतिक्रिया दिनुहोस्