देश
काठमाडौं । रौतहटमा चामलको कालोबजारी गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा गौर नगरपालिका–१, रामजानकी धर्मशालास्थित चामल पसल गरी बस्ने भारतको विहार, सीतामढी बैरगनिया घर भएका ४४ वर्षीय राजेन्द्रप्रसाद गुप्ता छन् ।
प्रहरीका अनुसार राजेन्द्रले ‘इन्डियन ब्रान्डेड’ बोरामा लोकल कमसल चामल प्याकिङ गरेको खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको टोलीले उनको पसल खानतलासी गर्ने क्रममा ३४२ बोरा लोकल चामल, १२० थान खाली बोराहरू र एकथान बोरा सिलाउने मेसिन फेला पारी उनलाई पक्राउ गरेको जनाइएको छ ।
प्रकाशित मिति: बुधबार, भदौ १५, २०७९ १२:२२
प्रतिक्रिया दिनुहोस्