अर्थ व्यवसाय
काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले अनलाइनमार्फत प्रतीतपत्र (एलसी) तथा बैंक ग्यारेन्टी जारी गर्ने सेवाको सुरुवात गरेको छ ।
बैंकले अत्याधुनिक प्रविधिको विकास एवं अनुसरण गर्ने क्रममा सबै प्रक्रियामा प्रविधिको एकीकरणलाई प्राथमिकता दिँदै व्यापार सञ्चालन प्रणालीलाई अझै ग्राहकमैत्री बनाउन अनलाइनबाट नै एलसी तथा बैंक ग्यारेन्टी जारी गर्ने सेवाको सुरुवात गरेको हो ।
यो सेवाको सुरुवात भएसँगै ग्राहकहरूले अनलाइनमार्फत आवेदन फाराम भर्ने, आवेदनको प्रगति निगरानी गर्ने आदि सबै प्रक्रियागत काम एउटै पोर्टलको प्रयोग गरी सहुलियतअनुसार आफ्नै कार्यालय वा घरमै बसेर काम गर्न सकिने बैंकले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, भदौ १४, २०७९ १८:१७
प्रतिक्रिया दिनुहोस्