देश
![पौडी खेल्ने क्रममा मेची नदीमा बगेर एक युवकको मृत्यु](https://12khari.top/uploads/posts/drowning Dubnu Bagera River dubera1623245773.jpg)
![Royal Enfield Island Ad](https://baahrakhari.com/uploads/bigyaapan/15756600.gif)
काठमाडौं । झापामा पौडी खेल्ने क्रममा मेची नदीले बगाएर एक युवकको मृत्यु भएको छ ।
सोमबार अपराह्न ४ः४० बजेतिर भद्रपुर ४ नर्सीङ बगान छेउ मेची नदीमा पौडी खेल्ने क्रममा भद्रपुर ३ रंगिला चोक बस्ने १८ वर्षीय सामुएल भुजेललाई नदीले बगाएको थियो ।
भुजेलको आज बिहान पौने नौ बजे प्रहरीले शव भेटेको हो । भुजेलको शव बगाएको स्थानदेखि करिब सात किमि तर भद्रपुर ३ स्थित मेची किनारमा भेटिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रनाउ बसन्त पाठकले जानकारी दिए ।
प्रकाशित मिति: मंगलबार, भदौ १४, २०७९ ११:१३
प्रतिक्रिया दिनुहोस्