site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
पूर्वका उद्योगीले बेलायती राजदूतसँग मागे औद्योगिक विकासमा सहयोग
SkywellSkywell

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ ले प्रदेशको औद्योगिक विकासमा सीप र प्रविधि हस्तान्तरणमार्फत सहयोग गर्न बेलायती राजदूत निकोला पोलिटसँग आग्रह गरेको छ । 

राजदूत पोलिटको पहिलो प्रदेश १ भ्रमणका अवसरमा सोमबार विराटनगरमा आयोजित भेटघाट कार्यक्रममा महासंघका प्रतिनिधिहरूले प्रदेशको आर्थिक विकासमा सहयोग गर्न आग्रह गरेका हुन् । भेटघाटमा महिला उद्यमीहरूले साना तथा लघु उद्यमलाई प्रोत्साहनमूलक कार्यक्रमहरूमार्फत सहयोग गर्न पनि राजदूत पोलिटसँग आग्रह गरेका छन् ।

महासंघका प्रदेश १ अध्यक्ष टिकाराज ढकालले राजदूत निकोला पोलिट र डेपुटी राजदूत लुक विउमोन्टलाई स्वागत गर्दै प्रदेश १ का पहाडी क्षेत्रमा औषधि उद्योगहरू स्थापनाको सम्भावना रहेकोले बेलायती लगानी भित्र्याउनका लागि सहज हुने बताए । 

Dabur Nepal
NIC Asia

त्यसैगरी कोभिड–१९ र पेट्रोलियम पदार्थको चर्को मूल्यवृद्धिका कारण नेपाली निर्यातमूलक उद्योगहरू प्रभावित भएको दुतावासको टोली समक्ष जानकारी गराए । प्रदेश १ मा औद्योगिक प्रदर्शनी स्थलको निर्माण हुन सके घरेलु उद्योगीहरूले समेत आफ्ना उत्पादनलाई प्रवद्र्धन गर्ने अवसर प्राप्त गर्ने उनको भनाइ थियो । 

कार्यक्रममा सहभागी महिला उद्यमीहरू सरु केसी, प्रतिभा रिजाल, कृति श्रेष्ठ लगायतले उद्योगहरूमा महिला सहभागीता अभिवृद्धिमा बेलायत सरकारले कार्यक्रमहरू संचालन गर्नुपर्ने बताएका थिए ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अविनाश बोहराले प्रदेश १ मा जलविद्युत्, कृषि उत्पादन र खनिज पदार्थमा ठूलो सम्भावना भएपनि प्रविधिको अभावमा प्रयोग गर्न नसकिएको बताए । त्यसका लागि बेलायत सरकारले समेत सहयोग गर्न सक्नेतर्फ राजदूत पोलिटको ध्यानाकर्षण गरे । साथै औद्योगिक प्रदर्शनी स्थल निर्माणमा समेत सहयोग गरिदिन आग्रह गरे । 

कार्यक्रम बोल्दै राजदूत निकोला पोलिटले नेपालको औद्योगिक विकासका लागि बेलायती सहयोगका कार्यक्रमहरूमार्फत सहयोग गर्दै आइरहेको जानकारी दिइन् । उनले भनिन्, “विराटनगरलाई मैले पनि नेपालकै दोस्रो ठूलो सहर र आर्थिक तथा औद्योगिक क्षेत्रका रूपमा चिनेको छु ।” 

आफू प्रदेश १ को औद्योगिक अवस्था बुझ्न आएको र सोमबार बिहान मात्रै ट्राइकोट उद्योग, रघुपति जुटमिलमा स्थलगत जानकारीहरू लिएको जानकारी उनले दिइन् । 

रिलायन्स स्पिनिङमा पनि कुराहरू बुझ्ने र त्यसपछि इटहरीमा बेलायती सरकारकै कार्यक्रमहरू अन्तरगत दूध उत्पादनको क्षेत्रमा भइरहेका लगानीबारे जानकारी लिने र अन्तिममा इलाम पुगेर त्यहाँको चियाको अवस्थाबारे जानकारीहरू संकलन गर्ने बताइन् । 

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का उपाध्यक्ष एवं केन्द्रीय सदस्य राजेन्द्र राउत, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश समिति कार्यकारिणी सदस्य रविन दाहाल, श्रवण कुमार अग्रवाल उद्योल संगठन मोरङका उपाध्यक्ष राजकुमार गोल्छालगायत बेलायती दूतावास सम्बद्ध कर्मचारीहरूको उपस्थिति रहेकोे थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ १३, २०७९  १९:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro