site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
स्वास्थ्यमन्त्री खापुङमा ‘मेनियर्स सिन्ड्रोम’ कति खतरनाक ?  
भवानीप्रसाद खापुङ । फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङमा ‘मेनियर्स सिन्ड्रोम’ नामक स्वास्थ्य समस्या देखिएको छ । पटक–पटक रिँगटा लाग्ने, वाकवाकी आउनेजस्ता समस्या देखिएका मन्त्री खापुङलाई कानसम्बन्धी सो समस्या भएको देखिएको हो ।

पछिल्लोपटक गएको शुक्रबार दिउँसो रिँगटा लाग्ने र वाकवाक आउने समस्या देखिएपछि खापुङ वीर अस्पतालमा भर्ना भएका थिए । वीरमै परीक्षणका क्रममा मेनियर्स सिन्ड्रोम देखिएको अस्पतालका प्रमुख प्रशासकीय अधिकारी डा. भूपेन्द्र बस्नेतले जानकारी दिए । 

Dabur Nepal
NIC Asia

मन्त्री खापुङमा मेनियर्स डिजिजको समस्या देखिएको उनले बताए । स्वास्थ्य अवस्था सामान्य भएपछि उनी शनिबार अस्पतालबाट डिस्चार्ज भएका थिए ।

के हो मेनियर्स सिन्ड्रोम ? 
मानिसका कानका दुई तहमध्ये भित्री कानमा हुने प्रेसरका कारण कानको भित्री भागमा असर पर्न गई देखिने समस्या मेनियर्स सिन्ड्रोम हो । नाक, कान तथा घाँटीरोग विशेषज्ञ डा. योगेश न्यौपानेका अनुसार कानसम्बन्धी स्वास्थ्यमा यो पाँचौँ नम्बरमा पर्ने समस्या हो ।

नेपालमा कानसम्बन्धी समस्या लिएर अस्पताल पुग्नेमध्ये ९० प्रतिशत बिरामीमा मेनियर्स सिन्ड्रोम देखिने गरेको छ । उनका अनुसार यसले निम्त्याउने मुख्य समस्या भनेको पटक–पटक रिँगटा लाग्नु हो । यो समस्या भएका व्यक्तिमा एक सातादेखि १०/२० वर्षसम्म पनि रिँगटा लाग्ने समस्या पटक–पटक दोहोरिन सक्छ ।

एकपटक रिँगटा लाग्दा २० मिनेटदेखि २० घण्टासम्म पनि लागिरहन सक्छ । यो अवधिमा बान्ता हुने, कान कराउने, थुनिएको जस्तो हुने लक्षण देखिन्छ । रिँगटा लाग्न छोडेको दुई दिनसम्म पनि कमजोरीजस्तो भइरहने र लरबराइरहने समस्या देखिन सक्ने डा. न्यौपाने बताउँछन् । मेनियर्स सिन्ड्रोमले जटिल समस्या ननिम्त्याए पनि यो रोग निको भने नहुने उनको भनाइ छ ।

रोगको सही पहिचान गर्नु र औषधिको माध्यमबाट नियन्त्रण गर्नु नै यसको उपचार हो । कतिपय अवस्थामा रिँगटा लागिरहने समस्या भएका व्यक्तिहरूमा रोगको सही पहिचान नहुँदा उपचारमा बिरामीले झन्झट व्यहोरिरहेको डा. न्यौपाने बताउँछन् ।

कानमा यस्ता कुनै लक्षण देखिए वा पटक–पटक रिँगटा लागिरहे नाक, कान, घाँटीसम्बन्धी परीक्षण गराउन डा. न्यौपानेको सुझाव छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ १३, २०७९  १३:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu