site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रहरीले लखेटेका युवक गोकर्णमा मृत भेटिए, आफन्त भन्छन्– सीसीटीभी फुटेज सुरक्षित छ
SkywellSkywell

काठमाडौं । काठमाडौंको गोकर्णमा आइतबार (हिजो) मृत भेटिएका २४ वर्षीय युवकको हत्या भएको आफन्तले दाबी गरेका छन् । उनीहरूले घटनामा प्रहरीको भूमिका शंकास्पद रहेको पनि दाबी गरेका छन् ।

आइतबार गोकर्णमा ओखलढुंगाको चम्पादेवी गाउँपालिका–९ का २४ वर्षीय दुर्गाधन सुनुवार मृत अवस्थामा फेलापरेका थिए । मृतकका दाइ विनोद सुनुवारका अनुसार दुर्गाधन यही भदौ ७ गते मदन मेमोरियल कलेजबाट आफ्ना शैक्षिक कागजात लिन काठमाडौं आएका थिए । उनी सिभिल इन्जिनियर हुन् ।

विनोदका अनुसार भदौ ८ गते दुर्गाधनले साथीहरूसँग काठमाडौंको बौद्ध, महाँकालमा सामूहिक खानपान गरेका थिए । त्यति बेला उनीहरू ६ जना थिए । काठमाडौंको कागेश्वर मनोहरा नगरपालिका–२, आलापोटस्थित कोठामा जाने क्रममा सोही राति ११ बजे उनीहरूको भेट गोकर्णमा गस्तीमा रहेको प्रहरीसँग भएको थियो ।

KFC Island Ad
NIC Asia

सो क्रममा एकजना पक्राउ परेका थिए । पक्राउ परेका लीला गुरुङ ९ गते छुटेका थिए । तीन मोटरसाइकलमा सवार उनीहरूमध्ये पाँचजना भाग्न सफल भएका थिए ।

भागेका मध्ये दुर्गाधन आइतबार मृत फेलापरेका हुन् । प्रहरीले दुर्गाधनसहितलाई लखेटेपछि उक्त घटना भएको मृतकका दाइ विनोदको दाबी छ । घटनाबारे अर्को दिन परिवारलाई समेत जानकारी नदिएकाले प्रहरीकै भूमिका शंकास्पद रहेको उनको आरोप छ ।

Royal Enfield Island Ad

उनले बाह्रखरीसँग भने, “प्रहरीले लखेटेका प्रमाण पनि हामीसँग छन् । प्रहरीले लखेटेको सीसीटीभी फुटेज पनि छ । शरीरभरि घाउ देखिन्छन् । हत्या भएको हाम्रो आशंका हो । प्रहरीमाथि पनि अनुसन्धान हुनुपर्छ भन्ने हाम्रो माग हो । तर, प्रहरीले उजुरी लिन मानेको छैन ।”

दुर्गाधनको शव महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतामा राखिएको छ । शवको पोस्टमार्टम हुन बाँकी छ ।

काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी भरत बोहराले मदिरा सेवन गरेर सो समूहले सटरमा हान्दै हिँडेको अवस्थामा एकजनालाई पक्राउ गरिएको बताए । उनले भने, “अन्य विषय बौद्ध प्रहरीसँग जानकारी लिँदा राम्रो होला ।”

प्रहरी वृत्त बौद्धका डीएसपी हरि बस्नेतले घटनाबारे परिसर काठमाडौंका प्रवक्तालाई सोध्न आग्रह गरे ।

परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले घटनाबारे अनुसन्धान भइरहेको बताए । उनका अनुसार सो समूहले भदौ ८ गते राति प्रहरीमाथि नै आक्रमण गरेको थियो ।

शवको पोस्टमार्टम नभएकाले घटनाबारे केही भन्न नमिल्ने उनको भनाइ छ । उनले अनुसन्धानमा सहयोग गर्न आफन्तलाई आग्रह गरे ।

एसपी मैनालीले भने, “अनुसन्धान हुन्छ । अनुसन्धानमा दोषी भए कारबाही जो कोहीलाई पनि हुन्छ । जाहेरी दिनुपर्‍यो । प्रहरीले जाहेरी नलिने भनेको छैन । शंका लागेकै भरमा कसैमाथि किटानी जाहेरी दिनु भएन । अनुसन्धान गर्न दियो भने अरू कुरा खुल्ला ।”

मृतकका आफन्तले गोकर्ण प्रहरी बिटका इन्चार्ज रमेशप्रसाद पाण्डेसहित शंकास्पद व्यक्तिविरुद्ध किटानी जाहेरी दिन खोजेका छन् । तर, प्रहरीले किटानी जाहेरी लिन नमानेको उनीहरूको भनाइ छ । दुर्गाधनका आफन्त अहिले प्रहरी वृत्त बौद्धमा छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ १३, २०७९  १२:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro