site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
अमेरिकामा बलात्कार गरेको आरोपमा एक दम्पती पक्राउ 
SkywellSkywell

बोस्टन । अमेरिकाको मासाच्युसेट्सका एक दम्पतीमाथि न्युयोर्कको एउटा होटेलमा दुईजना बालबालिकाको सामु एकजना महिलालाई कुटपिट गर्दै बलात्कार गरेको आरोप लगाइएको छ । 

ओनन्डागाकाउन्टि सेरिफ कार्यालयले यसै साता लियोमिनिस्टर निवासी २७ वर्षीय डस्टिन विल्सन र ३० वर्षीया तासिना फ्लान्नेरीलाई यसै साताको सुरुमा बलात्कार, अपराधिक यौन कार्य, आक्रामक यौन उत्पीडन, यातना, आपराधिका उद्देश्यले हातहतियार साथमा राखेको, गैरकानुनी ढंगले बन्दी बनाएको तथा एकजना बालकको अवस्थामा खतरा पुर्‍याएको लगायत थुप्रै अभियोग लगाएको हो । 

Dabur Nepal
NIC Asia

गत २३ अगस्टमा डिविट सहरको थोम्पसन रोडको रेड रुफ इनमा यो घटना घटेको थियो । पीडित महिलाले होटेलमा भेटेका ती दम्पतीले आफूलाई दुईजना बालबालिकाको सामु कुटपिट गरी बलात्कार गर्दै उनीहरूसँग जबर्जस्ती यौनकार्य गर्न लगाएको प्रहरीलाई बताएकी छन् । 

त्यहाँबाट उम्केर ती महिलाले प्रहरीलाई खबर गरेकी थिइन् । प्रहरीले यस दम्पतीलाई तत्कालै घटनास्थलबाट पक्राउ गर्दै दुई बालबालिकालाई म्याकमोहन बाल उद्धार केन्द्रमा पुर्‍याएको थियो । 

यसबारे थप अनुसन्धान जारी छ । प्रहरीले उनीहरूलाई २९ अगस्टमा अदालतमा उपस्थित गराउने भएको छ ।  

बोस्टन २५ न्युजबाट । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १२, २०७९  २३:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu