site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बालेनको ‘एक्सन’ले व्यापारिक क्षेत्रमा हलचल, घरबेटीले दिनुपर्नेछ क्षतिपूर्ति    
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बिहीबार (आज) बिहान अन्डरग्राउन्डमा बनाएका अवैध व्यापारिक संरचना भत्काउन शंखमूल र बानेश्वर पुगे । अन्डरग्राउन्ड पार्किङ गर्ने ठाउँमा बनाइएका संरचनाको अनुगमन गर्दै शंखमूल बेसमेन्टमा सञ्चालित बर्गर हाउस हटाउन बालेनले निर्देशन दिए ।

त्यसपछि बानेश्वर बिजुलीबजारमा रहेको अल्फाबिटा कम्प्लेक्समा अनुगमनका क्रममा पुगे । त्यहाँ मेयर बालेन र अल्फाबिटाका सञ्चालक द्धिराज शर्माबीच चर्काचर्की नै भयो । 

मेयर बालेनले घरबेटीलाई अल्फाबिटा कम्प्लेक्सको अन्डरग्राउन्ड व्यवसाय खाली गर्ने आग्रह गर्दै नक्सापास मागे । तर, कम्प्लेक्सका सञ्चालकले निर्देशन अटेर गरेपछि बालेन झोक्किए । सञ्चालकले बालेनलाई ‘डन हो तपाई’ भन्दै जवाफ फर्काए । घरबेटीले अवैध संरचना हटाउन महानगरको सूचना थाहा नपाएको भनेपछि बालेन थप रिसाएका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

सञ्चालकसँग बालेनले नक्सापासको प्रतिलिपि माग्दा आफूसँग अहिले नक्सा नभएको जवाफ फर्काएका थिए । जवाफ पाएपपछि जंगिएर मेयर बालेन सञ्चालकलाई भने, “तपाईंको घरको नक्सा मसँग हुनुपर्ने कि तपाईंसँग ?” 

त्यसपछि मेयर बालेनले तत्काल सो संरचना हटाउन निर्देशन दिए र कार्यालय गए । आफै नक्सापास बोकेर पुनः अल्फाबिटामा पुगे । अन्ततः कम्प्लेक्समा साँझ पौने ४ बजे बालेनले डोजर चलाएर सो अवैध संरचना भत्काए ।
  
संरचना भत्काएसँगै बालेनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन, “उहाँले आफ्नै नक्सा मलाई माग्नुभयो । मैले अफिस गएर नक्सा र डोजर लिएर गएँ । मैले के बिराएँ ।” 

Global Ime bank

महानगरका नगरप्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेले काठमाडौंका घरबेटीहरुले नक्सापास गर्दा पार्किङ प्रयोजन देखाएको र अहिले व्यापारिक प्रयोजनमा दिएर फाइदा लिइरहेको बताए । 

बालेनको नेतृत्वमा महानगर नगरप्रहरी बल, उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रमुख डीआईजी मिरा चौधरीको टिमले व्यापारिक कम्प्लेक्सका अन्डरग्राउन्ड पार्किङ हटाउने अभियान नै चलाएको छ । तर, बालेनको डोजर लगाएर संरचना भत्काउने शैलीप्रति व्यावसायिक क्षेत्र तरंगीत बनेको छ । आफूहरुलाई सामानसमेत सार्न नदिएर सिधै डोजर भत्काएको भन्दै व्यापारी आक्रोशित छन् ।
 
मेयर बालेनले भदौ ६ गते बानेश्वरस्थित एक कम्प्लेक्सको अवैध संरचनामा डोजर चलाएको थियो । त्यस्तै, बुधबार काठमाडौं मलले बनाएको अवैध संरचना, रञ्जनागल्लीमा पनि महानगरले डोजर चलाएको थियो । दरबारमार्गस्थित लन्डन पबको अन्डरग्राउन्ड दुई दिनभित्रमा हटाउन बालेनले निर्देशन दिएका छन् ।
 
कोटेश्वर प्रहरी चौकीबाट उत्तरतर्फ जाने बाटोमा बनाइएको ट्रस्ट आजै हटाउन लागिएको नगरप्रहरी प्रमुख पाण्डेले बताए । उनका अनुसार आज दिउँसोसम्म त्यहाँका व्यवसायीलाई सामान हटाउन निर्देशन दिइएको छ । 

नबिल बैंकको न्युरोड शाखा पनि हटाउन मेयर बालेनले निर्देशन दिएका छन् । अवैध रुपमा सो बंैकको शाखा अन्डरग्राउन्डमा रहेको देखिएपछि संरचना हटाउन निर्देशन दिइएको एसपी पाण्डेले स्पष्ट पारे ।

बालेनको निर्देशन अल्फाबिटा कम्प्लेक्सका सञ्चालकले अटेर गरेपछि...
 
महानगरले साउन १ गते नक्सापासविपरीत बनाइएका संरचना हटाउन ३५ दिने अल्टिमेटम जारी गरेको थियो । अल्टिमेटमपछि पनि व्यापारिक संरचना हटाउन अटेर गरेपछि डोजर चलाउन बाध्य भएको नगरप्रहरी प्रमुख पाण्डेले बताए । 

नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठले दसैँको मुखमा व्यापारीको बिचल्ली गराउन नहुने भन्दै आपत्ति जनाएका छन् । बालेनले मेयरको शक्तिको दुरुपयोग गरेको आरोप उनले लगाएका छन् । 

“अहिले दसैँको मुखमा मेयरज्यूले गर्नै नहुने काम गर्नुभएको छ । यो गलत हो,” श्रेष्ठले भने “व्यावसायीहरुले घर बनाउँदा पार्किङको लागि भनेर बनाए पनि व्यवसायीले पार्किङबाट राम्रो आम्दानी नभएपछि बढी आम्दानी आउने व्यवसाय सञ्चालन गर्न पाउनुपर्छ ।” 

नेपालमा कानुनको पालना कसैले पनि नगरेको र एक्कासी नियोजित तरिकाले मेयरले यस्तो गर्नु गलत रहेको श्रेष्ठको भनाइ छ । एक प्रयोजनका लागि भनेर बनाइएका घर अर्कै प्रयोजनका लागि प्रयोग गरिए के कारबाही गर्ने भन्ने कुनै पनि नगरसँग स्पष्ट नीति नभएको श्रेष्ठको दाबी छ ।
 
तर, भवन मापदण्ड २०६४ अनुसार व्यावसायिक सार्वजनिक भवन, तारे होटल, सिनेमा हल, थियटर, व्यापारिक कम्प्लेक्स, नर्सिङ होम, पोलिक्लिनिक, सरकारी÷ अर्धसरकारी कार्यालयका लागि जमिनको २० प्रतिशत भागमा पार्किङको व्यवस्था हुनुपर्छ । यस्तै, स्कुल, क्याम्पसजस्ता शैक्षिक संस्थाका लागि १५ प्रतिशत भाग छोड्नुपर्छ ।

महानगरले प्रचलित कानुनको पालना गर्दै ३५ दिने अल्टिमेटमपछि मात्रै एक्सनमा उत्रिएको जनाएको छ । नगरप्रहरी प्रमुख पाण्डेका अनुसार नियमविपरीत अन्डरग्राउन्ड भाडामा दिने घरबेटीले नै व्यवसायीलाई क्षतिपूर्ति दिनुपर्नेछ । घरबेटीको बदमासीले अवैध संरचनाहरु बनेको पनि महानगरले दाबी गरेको छ ।
 
एसपी पाण्डेले भने, “काम एक देखाएर अर्को गर्न लगाएपछि क्षतिपूर्ति घरबेटीले दिनु परेन ? महानगरलाई पार्किङ गर्छौँ भनेर नक्सापास गराउने, काम चाँहि पसल व्यवसायको गर्ने ?” अवैध संरचना भत्काउन लाग्ने सम्पूर्ण खर्चसमेत घरबेटीलाई भराउने तयारी रहेको उनले बताए । 

 

अनधिकृत घर–टहरा हटाउन किन डोजर चलाउँदै छन् बालेन ? 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ ९, २०७९  १७:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
ICACICAC