
काठमाडौं । जाजरकोटमा हालसम्म कुनै अप्रिय घटनाको सूचना नआएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
यद्यपि, बुझ्ने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले जानकारी दिए ।
“अबेर साँझको भूकम्प भएकाले आज बिहान पनि हामीले प्रहरी परिचालन गरेर बुझ्ने काम गरिरहेका छौँ,” प्रमुख जिल्ला अधिकारी मंग्रातीले बाह्रखरीसँग भने, “अहिलेसम्म मानवीय क्षति भएको र घरहरू पूरै क्षति भएको सूचना छैन ।”
केही घरहरू चर्किए पनि ठूलो क्षति भएको खबर नआएको उनले जानकारी दिए ।
जाजरकोटमा शुक्रबार लगातार भूकम्पका दुई धक्का मापन गरिएको थियो । तीन मिनेटको अन्तरमा पैंक केन्द्रविन्दु भएर दुई धक्का मापन गरिएको थियो ।
राष्ट्रिय भूकम्प माापन तथा अनुसन्धान केन्द्रका अनुसार पहिलो धक्का साँझ ८ बजेर ७ मिनेट जाँदा ५.२ म्याग्निच्युडको र दोस्रो साँझ ८ बजेर १० मिनेट जाँदा ५.५ म्याग्निच्युडको भूकम्प गएको थियो ।