काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) अल्फबिटा कम्प्लेक्सका सञ्चालकमाथि खनिएका छन् । अनधिकृत संरचना हटाउन बिहीबार अनुगमनका क्रममा नयाँ बानेश्वर पुगेका उनी कम्प्लेक्सका सञ्चालकमाथि खनिएका हुन् ।
अन्डरग्राउन्डको नक्सापास खोज्दा कम्प्लेक्सका सञ्चालक द्धिराज शर्माले अटेर गरेपछि बालेन आक्रोशित भएका हुन् ।
अल्फाबिटाको अन्डरग्राउन्डमा व्यापार गरिएको भन्दै बालेनले घरधनीलाई सो स्थान खाली गराउन निर्देशन दिएका थिए । तर, सञ्चालकले निर्देशन नमानेपछि बालेन रिसाए ।
घरधनीले अन्डरग्राउन्ड खाली गराउनेसम्बन्धी महानगरको कुनै पनि सूचना थाहा नपाएको बताएका थिए । महानगरको ३५ दिने सूचना थाहा नपाएको बताएपछि मेयर बालेन उनीमाथि खनिएका हुन् ।
आजै शंखमूलस्थित अन्डरग्राउन्डमा सञ्चालित बर्गर हाउस हटाउन निर्देशन दिइएको छ । महानगरले यही भदौ ६ गतेदेखि बानेश्वर क्षेत्रबाट अन्डरग्राउन्ड खाली गराउन सुरु गरेको थियो ।