site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
‘टुबोर्ग ओपन २०२२’ मा अमेरिकी संगीतकर्मी जेसन र नेपाली कलाकार भेक एउटै स्टेजमा

काठमाडौं । ‘टुबोर्ग ओपन २०२२’ मा लोकप्रिय अमेरिकी संगीतकर्मी जेसन डेरुलो जोडिएका छन् । उनीसँगै नेपालबाट उदयमान कलाकार भेक पनि जोडिएका छन् ।

‘टुबोर्ग ओपन’को हरेक वर्ष एउटा मुख्य थिम हुन्छ । यो वर्षको थिम ‘टेक द स्टेज’ भनेर छ, जसमा विश्व प्रख्यात कलाकारले उदयमान स्वदेशी कलाकारलाई मेन्टरसिप प्रदान गरी उनीहरूलाई संगीतको मूल भाव र एउटा लोकप्रिय कलाकार कसरी बन्ने भनी मार्गदर्शन गर्छन् ।

डेरुलो अमेरिकी गायक तथा गीतकार हुन् । उनले आफ्नो पहिलो एकल गीतबाटै अन्तर्राष्ट्रिय ख्याति कमाएका थिए । उनको उक्त गीत अमेरिका र न्युजिल्यान्डमा नम्बर एकमा पुग्न सफल भएको थियो । ‘जलेबी बेबी’, ‘स्वाला’, ‘स्याभेज लभ’ उनका थुप्रै हिट गीतमध्येका हुन् ।

यस्तै, भेक नेपाली सांगीतिक क्षेत्रमा पछिल्लो पुस्ताका लोकप्रिय संगीतकर्मी हुन् । उनले पनि छोटो समयमै लोभलाग्दो क्रेज कमाइसकेका छन् । उनका चर्चित गीतहरूमा ‘एक्लै जिउन सिकेँ’, ‘मायालु’, ‘लै बरी लै’ हुन् ।

संगीत क्षेत्रको उत्थानका लागि काम गर्दै आइरहेको टुबोर्गले विगत पाँच वर्षदेखि टुबोर्ग ओपेन क्याम्पेनद्वारा निरन्तर कैयौँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरूलाई एउटै प्लेटफर्ममा उभ्याउँदै आएको छ । टुबोर्गले नेपालमा मात्र नभई भारत, चीन, टर्की, सर्भियालगायत देशहरूमा पनि टुबोर्ग ओपेन क्याम्पेन गर्दै आएको छ । यसैअन्तर्गत ‘टुबोर्ग ओपन’ विदेशमा छैटौँपटक र नेपालमा पाँचौँपटक हुँदै छ ।

विदेशको छैटौँ ‘टुबोर्ग ओपन २०२२’ अमेरिकामा सम्पन्न भइसकेको छ । गएको महिना डेरुलोसँग अमेरिकाको लस एन्जलसमा भेकले मेन्टरसिप प्राप्त गरी नेपाल फर्किसकेका छन् । यो वर्षका लागि भेकले आफ्नो मेन्टरसिपद्वारा सिकेका ज्ञानहरूले एउटा नयाँ गीत बनाउँदै छन्, त्यो आउँदो केही महिनामा सार्वजनिक हुँदै छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बुधबार, भदौ ८, २०७९  १४:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro