साहित्य
मुम्बई । बलिउड अभिनेता अमिताभ बच्चन दोस्रोपटक कोरोना संक्रमित भएका छन् । आफू दोस्रोपटक संक्रमित भएको उनले ट्विटमार्फत जानकारी दिएका हुन् ।
यसअघि, उनी सन् २०२० जुलाईमा संक्रमित भएका थिए । त्यति बेला नानावती अस्पतालमा उपचार गराएका थिए ।
‘बुस्टर डोज’ लगाएकाहरू पनि संक्रमित भइरहेको भन्दै उनले सतर्क रहन अपिल गरेका छन् ।
कोरोनाको रिपोर्ट नेगेटिभ नआएसम्म केही हप्ता छायांकनमा नजाने उनले उल्लेख गरेका छन् । अमिताभ पछिल्लो समय ‘कौन बनेगा करोडपति’को छायांकनमा व्यस्त थिए । पिंकभिलाबाट ।
प्रकाशित मिति: बुधबार, भदौ ८, २०७९ १३:०१
प्रतिक्रिया दिनुहोस्