site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चीनले फेर्‍याे पुस्तकका विवादास्पद कार्टुन
परिमार्जन गरिएकाे नयाँ कार्टुन ।
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

बेइजिङ । चीनले प्राथमिक विद्यालयका पुस्तकमा रहेका थुप्रै कार्टुन चित्र फेरेको छ । पहिलेका कार्टुनहरू आपत्तिजनक रहेको भन्दै हटाइएका हुन् । धेरै वर्षदेखि ती कार्टुनसहितका पुस्तकहरू प्रयोगमा थियो । 

तर, गत मे महिनामा अचानक ती कार्टुन ‘घिनलाग्दा, नश्लवादी, डरलाग्दा र अश्लील’ रहेको भन्दै व्यापक रूपमा विरोध हुन थालेको ग्लोबल टाइम्सले जनाएको छ । त्यतिबेला पुस्तकका प्रकाशकले क्षमायाचना गर्दै ती कार्टुन हटाइने प्रतिबद्धता जनाएको थियो । अहिले हजारौँ पुस्तकको पुनरावलोकन गरी थुप्रै प्रकाशक र चित्रकारहरूलाई चेतावनी दिने वा बर्खास्त गर्ने काम भएको छ ।  

KFC Island Ad
Dabur Nepal
NIC Asia

ग्लोबल टाइम्स अखबारकाअनुसार कार्टुनमा एकजना बालकको कुर्कुच्चामा टाटु जस्तो देखिएको, एक बालिका खरायोको पहिरनमा र बालबालिकाहरू अमेरिकी झण्डासहित भेटिएका छन् । 

कार्टुनका थुप्रै समीक्षकले चित्रकारहरूले नियतवश नै चिनियाँ जनताको सुन्दर स्वरूपलाई अपमान गर्न खोजेको तथा यस मामिलामा प्रकाशकहरू अनुत्तरदायी देखिएको आरोप लगाएका छन् । 

Royal Enfield Island Ad

करिब दुई हजार वटा पुस्तक ठिक छन् वा छैनन् भन्ने जाँच्नका लागि ३५० जना विशेषज्ञको टोली बनाइएको थियो । सोमबार चीनको राष्ट्रिय पाठ्यक्रम समितिद्वारा अनुमोदित नयाँ कार्टुन चित्रहरू सार्वजनिक गरिएका छन् । 

द चाइना डेलीले २७ जनालाई यस काण्डमा कारबाही गरिएको जनाएको छ । तीमध्ये पिपुल्स एजुकेसन प्रेसका अध्यक्ष हुआँग क्विआंगलाई कडा चेतावनी दिइएको छ भने प्रकाशकका प्रधान सम्पादक गुओ गेलाई बर्खास्त गरिएको छ । यसैगरी कम्तीमा तीनजना चित्रकारलाई पनि बर्खास्त गरिएको छ । 

बीबीसीबाट । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ७, २०७९  २३:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro