site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
१० वर्षअघि हराएको विमान फेरि खोज्दै मलेसिया

काठमाडौं । मलेसिया सरकारले १० वर्षअघि हराएको विमानको फेरि खोजी गर्ने भएको छ । मलेसियाको राजधानी क्वालालम्पुरबाट चीनको राजधानी बेइजिङतर्फ जाँदै गरेको मलेसियन एयरलाइन्सको एमएच ३७० विमान सन् २०१४ को मार्चमा हराएको थियो ।

‘बोइङ ७७७’ मोडलको उक्त विमानमा २३९ यात्रु सवार थिए । गन्तव्यमा नपुगी विमान हराएपछि मलेसिया, अस्ट्रेलिया, अमेरिकालगायत देशले खोजी गरेका थिए । १५० मिलियन अमेरिकी डलरभन्दा बढी खर्च हुँदा पनि विमानको अत्तोपत्तो नलागेपछि सन् २०१७ मा खोजीकार्य बन्द गरिएको थियो ।

तीन वर्षसम्म खोजी गर्दा समेत विमान भेटिएन । त्यसपछि मलेसियाले औपचारिक रूपमै विमानको खोजी बन्द गरिएको घोषणा गरेको थियो । तर, शुक्रबार (डिसेम्बर २०) मलेसिया सरकारले ओसियन इन्फिनिटी नामक कम्पनीसँग विमानको खोजीकार्यका निम्ति ७० मिलियन अमेरिकी डलरको सम्झौता गरेको छ । विमान फेला नपारे मलेसियासँग पैसा नलिने ओसियन इन्फिनिटीले जनाएको छ ।

यो कम्पनीले सन् २०१८ मा पनि मलेसियासँग यस्तै सम्झौता गरेको थियो । त्यति बेला तीन महिना खोजियो । तर, विमान फेला नपरेपछि ओसियन इन्फिनिटीले खोजीकार्य बन्द गरेको थियो ।

यसपटक कम्पनीले एक वर्षसम्म विमानको खोजी गर्नेछ । हिन्द महासागरको दक्षिणी क्षेत्रको करिब १५ हजार वर्गकिलोमिटर क्षेत्रमा विमानको खोजी गरिने ओसियन इन्फिनिटीले जनाएको छ ।

सन् २०१४ को मार्च ८ मा उडान भरेको एक घण्टामै एयर ट्राफिक कन्ट्रोलसँग विमानको सम्पर्क टुटेको थियो । सम्पर्कविहीन भएलगत्तै उक्त विमानले आफ्नो नियमित बाटो फेरेको देखिएको थियो ।

हालसम्म गरिएका खोजी र अनुसन्धानले उक्त विमान हिन्द महासागरको दक्षिणी क्षेत्रमा खसेको आशंका छ । महासागरको विशाल क्षेत्रमा विमानको टुक्रा फेला पार्न भने मुस्किल छ ।

हराएको १० वर्ष बितिसक्दा पनि उक्त विमान कसरी सम्पर्कविच्छेद भयो र किन बाटो मोड्यो भन्ने पत्ता लागेको छैन ।

कतिपयले उक्त विमान पाइलटले नै खसालेको दाबी गर्छन् । कतिपयले तोकिएको रुटभन्दा अर्को बाटोतिर गएपछि अरू देशका सैनिकले खसालेको जिकिर गर्छन् । यो विमान उड्डयन क्षेत्रमा हालसम्म नसुल्झिएको रहस्य हो । बीबीसीबाट ।

प्रकाशित मिति: शुक्रबार, पुस ५, २०८१  १७:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro