site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
साना मझौला उद्योगमा सहयोग गर्न व्यवसाय विकास सेवा

विराटनगर । साना, मझौला तथा सबै खाले व्यवसायलाई सहयोग पुर्‍याउने उद्देश्यले शुक्रबार विराटनगरमा ‘व्यवसाय विकास सेवा’ सम्झौतामा हस्ताक्षर गरिएको छ । नेपाल उद्योग वाणिज्य महासंघ कोसी, आध्यान्त फन्ड मेनेजमेन्ट लिमिटेड र उपाय बिजनेस सोलुसन र नेपाल उद्योग वाणिज्य महासंघ कोसी, आध्यान्त फन्ड मेनेजमेन्ट र डाइनो टेक प्रा.लि. बीच दुई बेग्लाबेग्लै सम्झौता भएको हो ।

उपाय बिजनेस सोलुसनबीचको सम्झौतामा महासंघ कोसीका अध्यक्ष राजेन्द्र राउत, आध्यान्त फन्ड मेनेजमेन्ट लि.का कार्यक्रम तथा साझेदारी प्रमुख निश्चल सिंह भण्डारी र उपाय बिजनेस सोलुसनका प्रमुख कार्यकारी अधिकृत शोभा श्रेष्ठ तथा डाइनो टेक प्रा.लि. बीचको सम्झौतामा महासंघ कोसीका अध्यक्ष राउत, आध्यान्त फन्ड मेनेजमेन्ट लि.का कार्यक्रम तथा साझेदारी प्रमुख भण्डारी र डाइनो टेक प्रा.लि. का अध्यक्ष प्रदिप सिग्देलले हस्ताक्षर गरेका छन् ।

त्यसक्रममा अध्यक्ष राउतले नेपालको आर्थिक विकासका लागि कोसी प्रदेशको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै व्यवसाय विकास सेवा शुभारम्भ भएकामा खुसी व्यक्त गरे ।

Dabur Nepal
NIC Asia

उनले भने, “कोसी प्रदेशमा सञ्चालनमा रहेका उद्योग प्रतिष्ठानहरूले राष्ट्रिय पुँजी निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेको सन्दर्भमा व्यवसाय विकास सेवाबाट थप लाभ प्राप्त हुनेछ ।” 

कोसी प्रदेशमा १२ हजार २२५ उद्योग प्रतिष्ठान सञ्चालनमा रहेको र तिनमा ७३ हजार ९१८ जनाले रोजगारी पाएको तथ्यांक राउतले प्रस्तुत गरे । उनले अनौपचारिकरूपमा समेत धेरै उद्योगहरू सञ्चालनमा रहेको बताए । अनौपचारिकरूपमा सञ्चालनमा रहेका व्यवसाय र उद्योग प्रतिष्ठानलाई औपचारिक बनाउन चुनौती रहेको अवस्थामा व्यवसाय विकास सेवाले महत्त्वपूर्ण सहयोग पुर्‍याउने सुनाए ।

उनले भने, “ग्रामीण क्षेत्रदेखि सहरी क्षेत्रसम्म सञ्चालनमा रहेका घरेलु तथा साना उद्योग, उद्योग स्थापनादेखि सञ्चालत र व्यवस्थापनसम्म कामका लागि तहगत सरकारका आवश्यक प्रक्रिया गर्न अनेक कारणले कठिनाइ भइरहेको छ ।”

कार्यक्रममा अध्यान्त संस्थाका प्रतिनिधि निश्चलसिंह भण्डारीले दुई वर्षदेखि उद्योग वाणिज्य महासंघ कोसीसँग सहकार्य गरिरहेको उल्लेख गर्दै अबका दिनमा बीडीएसमार्फत सेवा केन्द्र स्थापना गरी काम गर्दा अझ सहज हुने बताए । 

व्यवसाय सञ्चालन, ऋण लिनेदेखि लिएर अन्य प्रक्रियामा उद्योग तथा व्यवसायलाई सहयोग पुर्‍याउन कार्यक्रम महत्त्वपूर्ण रहेको उनको भनाइ छ । आगामी तीन वर्षमा यस्तो सेवा मार्फत एक हजारभन्दा बढी व्यवसायीलाई सघाउन सकिने बताए ।

उदय परियोजनाका विष्णु काफ्लेले उद्योगीले बेहोर्नुपरेका समस्या समाधान गर्न बीडीएस सुरु हुन लागेको बताउँदै यसबाट धेरैभन्दा धेरै उद्योगीले लाभ लिन सकिने उल्लेख गरे ।

सहज परियोजनाकी टिम लिडर रिमा श्रेष्ठले नेपालको विकास गर्न साना तथा मझौला उद्योगको संरक्षण र विकासमा जोड दिनुपर्ने बताइन् ।  

उपाय परियोजनाकी सीईओ शोभा श्रेष्ठले व्यावसायिक व्यक्ति, साना र मझौला उद्योग एवं व्यापार संगठनका आवश्यकता सम्बोधन गर्न बीडीएस कार्यक्रम प्रभावकारी रहेको बताइन् ।

“कानुन, लेखा, कर, विज्ञापनजस्ता पक्षमा उद्योग व्यवसाय र तिनका सञ्चालकलाई सहजीकरण गर्ने उद्देश्यले यो नयाँ कार्यक्रम आएको हो,” उनले भनिन् ।

यसैगरी, डायनो टेक ग्लोबल प्रा. लि. का प्रदीप सिग्देलले कुनै पनि व्यवसायमा प्रविधिको धेरै महत्त्वपूर्ण भूमिका हुने उल्लेख गर्दै यसका लागि व्यवसाय विस्तरा र विकासमा बीडीएसले सहयोग पुग्ने बताए ।

महासंघ कोसीका सदस्य वीरेन्द्र शाहले बीडीएस कार्यक्रमका लागि महत्त्वपूर्ण संस्थासँग जोडिएर काम गर्न पाउँदा उत्साहित रहेको सुनाए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस ५, २०८१  २०:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro