site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
चर्च ब्वाइज झापा कपको फाइनलमा

विराटनगर । झापाको बिर्तामोडमा जारी झापा कपमा लिग लिडर चर्च ब्वाइज युनाइटेड फाइनल प्रवेश गरेको छ । शुक्रबार सिरहाको सलहेश युवा क्लबमाथि १–० को कठिन जित निकालेर चर्च ब्वाइज फाइनल प्रवेश गरेको हो ।

जितसँगै चर्च ब्वाइजले कम्तीमा पाँच लाख रुपैयाँ पुरस्कार सुरक्षित गरेको छ । चर्चको जितमा खेलको ८१औँ मिनेटमा विदेशी खेलाडी अर्मन्डको निर्णायक गोल गरे । सलहेशका दुई डिफेन्डरलाई बिट गर्दै अर्मन्डले दायाँ बार च्यापेर गरेको प्रहारले जाली चुमेको थियो ।

टिमका केही पहिलो रोजाइका खेलाडीबिनै मैदानमा उत्रिएको चर्च ब्वाइजले खेल अवधिभर सलहेशको दबाब झेलेको थियो । विपक्षी पोस्टमा आक्रमण गर्न नसके पनि खेलको अन्तिमतिर चर्च लयमा फर्किएको थियो ।

Dabur Nepal
NIC Asia

चर्चका पहिलो रोजाइका खेलाडी अनन्त तामाङ, मनिष जर्घा मगर र एरिक विष्टविनै मैदानमा उत्रिएको चर्च सलहेशको चर्को दबाबमा परेको थियो ।

सलहेशले खेल अवधिभर चर्चलाई दबाबमा राखे पनि स्कोर भने निकाल्न सकेन । खेलको १२औँ मिनेटमा सलहेशका अभि लामाले चर्च ब्वाइजका दुईजना डिफेन्डरलाई बिट गर्दै गरेको प्रहार सफल हुन सकेन ।

खेलको ५२औँ मिनेटमा प्रदीप लामाको प्रहार चर्च ब्वाइजका गोलरक्षक क्रिशल मोक्तानले पन्च गरेर बचाए । खेलको ६९औँ मिनेटमा अभि लामाको दोस्रो प्रहार विफल हुँदा सलहेश सेमिफाइनलबाटै घर फर्किएको छ ।

खेलको 'प्लेयर अफ द म्याच' विजयी टिम चर्च ब्वाइजका गोलकर्ता अर्मन्ड भए । उनले नगद १० हजार रुपैयाँ पुरस्कार पाए ।

Jhapa-Cup-(2)-1734702776.JPG
शनिबारको अन्तिम सेमिफाइनल खेल राष्ट्रिय जागृति क्लब सुनसरी र एनआरटी क्लब काठमाडौंबीच हुनेछ ।

प्रतियोगिताको विजेताले नगद १० लाख तथा उपविजेताले नगद पाँच लाख पुरस्कार पाउने आयोजक झापा–११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङले जानकारी दिए । प्रतियोगिताको फाइनल खेल पुस ८ गते हुनेछ ।

प्रत्येक खेलको 'प्लेयर अफ द म्याच'ले १० हजार नगद पाउनेछन् । प्रतियोगिताको उच्च गोलकर्ता एकजना तथा उत्कृष्ट गोलकिप्पर एक जनालाई ३५ हजार नगद पुरस्कार प्रदान गरिनेछ । त्यस्तै, प्रतियोगिताको एक उदीयमान खेलाडीलाई झापा ट्यालेन्ट घोषणा गरेर नगद ३५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

प्रतियोगिताको सर्वोत्कृष्ट एकजना खेलाडीलाई मस्ट भ्यालुएबल खेलाडी घोषित गरेर नगद एक लाख रुपैयाँ प्रदान गरिने अध्यक्ष गुरुङले जानकारी दिए ।

प्रतियोगितालाई रोमाञ्चक बनाउँदै प्रोत्साहन गर्न बिर्तामोडको महेन्द्ररत्न स्टोर्सले प्रत्येक दिन एकजना भाग्यशाली दर्शकलाई हिमस्टार टीभी प्रदान गर्दै आएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस ५, २०८१  १९:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro