site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
युक्रेनमा स्वतन्त्रता दिवस मनाउन प्रतिबन्ध !
Siddhartha BankSiddhartha Bank

किभ । युक्रेनको राजधानी किभले यसै साता तय भएको स्वतन्त्रता दिवसलाई सार्वजनिक रूपमा मनाउन प्रतिबन्ध लगाएको छ । 

रुसी फौजबाट हुनसक्ने सम्भावित आक्रमणको कारण तत्कालीन सोभियत संघबाट स्वतन्त्रता प्राप्त गरेको स्मरणमा कार्यक्रम नमनाउन आग्रह गरिएको छ । 

Agni Group
NIC Asia

सोमबार संयुक्त राष्ट्र संघले रुसी आक्रमणमा ५ हजार ५ सय जना भन्दा बढी युक्रेनीको ज्यान गइसकेको तथ्याङ्क सार्वजनिक गरेको थियो । 

युक्रेनले मुलुकको दक्षिण भागमा रहेको युद्ध अग्रमोर्चा नजिकबाट रुसी फौजले थुप्रै दक्षिणी सहरहरूमा रकेट प्रहार गरेको जनाएको छ । 

Global Ime bank

रुसले आक्रमण थालेको छोटो समयमै कब्जा लिएको युरोपकै सबैभन्दा ठूलो आणविक भट्टीको उत्तर पश्चिममा ती सहरहरू रहेका छन् । 

निपोरो नदीको दक्षिणी किनारमा अवस्थित रुस अधीनस्थ जापोरिझ्या आणविक भट्टी परिसर रहेको क्षेत्रमा रकेट प्रहार र गोलाबारी हुन थालेपछि आणविक दुर्घटनाको खतरा बढेकाले सो क्षेत्रलाई असैनिक घोषित गर्न आह्वान हुन थालेका छन् । 

गत सप्ताहान्त युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबारको युक्रेनको ३१ औँ स्वतन्त्रता दिवसको सम्मुख रुसबाट अझै शक्तिशाली आक्रमण हुनसक्ने खतरा रहेको चेतावनी दिएका थिए । 

रोयटर्सबाट ।   
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ६, २०७९  २३:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu