देश
काठमाडौं । एटीएम मेसिन तोडफोड गरी पैसा चोरेको आरोपमा पोखराबाट एकजना पक्राउ परेका छन् ।
पोखरा महानगरपालिका–३० अर्घौ चोकस्थित एनएमबी बैंकको एटीएम तोडफोड गरी २ वटा क्यासकेट र नगद चोरी गरेको आरोपमा २१ वर्षीय अनिस तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
पोखरा महानगरपालिका– २७ तालचोकस्थित एनआईसी एसिया बैंकको एटीएम मेसिन तोडफोड गर्ने प्रयास गरेको तथा एनएमबी बैंकको एटीएम मेसिन फोडी साउन ३ गते बिहान नगद चोरी गरेको घटनाको अनुसन्धानको क्रममा उनलाई रूपन्देही बेलहियाबाट पक्राउ गरेको हो ।
प्रहरीले घटनामा प्रयोग भएको ग.१० प २९६३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । उक्त घटनामा चोरी भएको क्यासकेट पोखरास्थित बिचारी चौतारामा फेला परेको थियो ।
प्रकाशित मिति: आइतबार, भदौ ५, २०७९ १७:४३
प्रतिक्रिया दिनुहोस्