विशेष
![एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु](https://12khari.top/uploads/posts/accident_12khari1615613955.jpg)
![Royal Enfield Island Ad](https://baahrakhari.com/uploads/bigyaapan/15756600.gif)
काठमाडौं । सुनसरीमा एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । बर्जु गाउँपालिका १ मा हिजो बेलुकी एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको हो ।
मोटरसाइकलमा पछाडि सवार एकजना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा बर्जु गाउँपालिका ६ का ३० वर्षीय उमेश कुमार चौधरी रहेको प्रहरीले जनाएको छ । चौधरीको उपचारका क्रममा कोशी अस्पतालमा मृत्यु भएको हो । घाइते भएका मोटरसाइकलमा पछाडि सवार स्थानीय २३ वर्षीय प्रमोद सरदारको उपचार विराटनगरस्थित न्युरो अस्पतालमा भइरहेको छ ।
को १९ प १९६८ नम्बरको मोटरसाइकललाई को १ झ ४६९ नम्बरको एम्बुलेन्सले हिजो बेलुकी साढे ८ बजे ठक्कर दिएको हो ।
प्रकाशित मिति: आइतबार, भदौ ५, २०७९ ०८:४२
प्रतिक्रिया दिनुहोस्