site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संघर्षका लागि होइन, अहिले पदका लागि प्रतिस्पर्धा हुन्छ : प्रचण्ड 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
KFC Island Ad
Dabur Nepal
NIC Asia
Royal Enfield Island Ad

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा पद र प्रतिष्ठाका लागि प्रतिस्पर्धा हुन थालेको बताएका छन् । शुक्रबार भ्रातृ संगठन वाईसीएलको राष्ट्रिय भेलामा बोल्दै उनले संघर्षका लागि तयार नहुने अवस्था आएको बताए ।  

“अहिले यो पद किन नपाउने भनेर पद, प्रतिष्ठा, सुविधाको लागि प्रतिस्पर्धा हुन्छ,” प्रचण्डले भने, “संघर्षका निम्ति कम प्रतिस्पर्धा हुन्छ ।” पहिले आन्दोलनको अग्र मोर्चामा जान प्रतिस्पर्धा हुने गरेको उनले समरण गरे ।
 
“आन्दोलनको समयमा हाम्रोबीचमा प्रतिस्पर्धा हुन्थ्यो, लडाइँको अग्र मोर्चामा जानका निम्ति । निश्चित मोर्चामा जानका निम्ति युवाहरूको संख्या निर्धारण गथ्र्यौैँ,” उनले भने, “तर, हाम्रो युवाहरू वाईसीएल, अरु जनसंगठनका तमाम क्रान्तिकारी साथीहरू आफू मोर्चामा जान नपाएकामा असन्तुष्टि जाहेर गर्ने, म नि जान पाउनैपर्छ भनेर घेरा हाल्ने स्थिति थियो । दबाब दिने र म मर्न पनि जान नपाउने भन्ने ।”

प्रचण्डले पार्टीभित्र देखिएका विचलनका संकेतहरू सुधार्नका लागि महत्वपूर्ण योगदान गर्न पनि आग्रह गरे ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ ३, २०७९  १४:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro