site stats
बाह्रखरी :: Baahrakhari
देश
शिक्षा तथा मानव स्रोत विकास केन्द्रको गेटमा विद्यालय कर्मचारी परिषद्को ताला (तस्बिरहरू)

भक्तपुर । नेपाल विद्यालय कर्मचारी परिषद्ले शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा तालाबन्दी गरेको छ । विभिन्न बुँदे माग राखेर आन्दोलनमा उत्रिएको परिषद्ले बिहीबार भक्तपुरको सानोठिमीस्थित केन्द्रको गेटमा तालाबन्दी गरेको हो ।

विभिन्न माग राखेर देशभरका विद्यालयका कर्मचारीहरू भक्तपुर पुगेका छन् । उनीहरूले पूर्ण सेवा सुविधाको ग्यारेन्टी गर्दै विद्यालय कर्मचारी सहायक लेखापालको सम्पूर्ण सेवासुविधासहित ३६ हजार ७३० र कार्यालय सहयोगीहरूको २६ हजार २१० कायम गर्न माग गरिरहेका छन् । 

bidhyalay karmachari (15)1660817606.JPG

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

त्यस्तै, शिक्षा ऐनमा सामुदायिक विद्यालयका कर्मचारीहरूलाई दरबन्दीमा समायोजन गर्दै एकपटक प्रक्रिया पुर्‍याएर स्थायी गर्नुपर्ने उनीहरूकझ माग छ । साथै संघीय शिक्षा ऐन जारी हुँदाका बेलादेखि अविच्छिन्न सेवामा कार्यरत कर्मचारीको उमेर हद एकपटकका लागि नलाग्ने व्यवस्था गर्नुपर्ने, ६० वर्ष उमेर पुगेर अवकाशप्राप्त कर्मचारीलाई प्रचलित कानुनबमोजिम शिक्षकसरह सेवा सुविधा प्रदान गरी सम्मानसहित अवकाशको व्यवस्था गर्नुपर्ने, विद्यालय कर्मचारीलाई उच्च शिक्षा अध्ययन बिदा, सन्तति वृत्तिको व्यवस्था गर्नुपर्ने र विभिन्न समयमा गरिएका सहमति, सम्झौता तथा पटकपटक सर्वोच्च अदालतबाट आदेश भएका निर्देशन कार्यान्वयनमा ल्याउनुपर्ने माग उनीहरूले राखेका छन् ।

bidhyalay karmachari (14)1660817605.JPG

विद्यालय कर्मचारी परिषद्मा ३० हजार कार्यालय सहयोग र सात हजार लेखापाल रहेको परिषद्का अध्यक्ष गंगा तिवारीले जानकारी दिए । यसअघि पटकपटक शिक्षा मन्त्रालय, शिक्षा विभागसहित सबै निकायमा मागबारे जानकारी गराएपनि आफूहरूका मागलाई बेवास्ता गरिएको उनको आरोप छ । 

bidhyalay karmachari (13)1660817604.JPG

"यसपटक हामी हाम्रा सम्पूर्ण मागहरू पूरा गराउने उद्देश्यले आएका हौँ, जबसम्म हाम्रा माग शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पूरा गर्दैन तबसम्म निरन्तर आन्दोलन र धर्ना दिइरहने गरी निर्णायक आन्दोलन गरिरहन्छौँ," अध्यक्ष तिवारीले बाह्रखरीसँग भने ।

bidhyalay karmachari (10)1660817603.JPG

परिषद्को आन्दोलनका कारण शिक्षा तथा मानव स्रोत विकास केन्द्रको काम कारबाही प्रभावित बनेको छ ।

bidhyalay karmachari (12)1660817603.JPGbidhyalay karmachari (5)1660817601.JPGbidhyalay karmachari (6)1660817601.JPGbidhyalay karmachari (4)1660817599.JPGbidhyalay karmachari (3)1660817598.JPGbidhyalay karmachari (1)1660817597.JPGbidhyalay karmachari (2)1660817597.JPG

तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी

प्रकाशित मिति: बिहीबार, भदौ २, २०७९  १६:०३
प्रतिक्रिया दिनुहोस्