राजनीति
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले नागरिकतासम्बन्धी विधेयबारे छलफल गर्न सर्वदलीय बैठक आह्वानको माग गरेको छ ।
प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको आजको बैठकमा एमाले सांसदले प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाउनुपर्ने माग गरेका हुन् ।
बैठकमा एमालेबाट प्रमुख सचेतक विशाल भट्टराई, कृष्णभक्त पोखरेल, शेरबहादुर तामाङ सहभागी थिए । “छलफलका लागि सर्वदलीय बैठक बोलाउनुपर्छ भनेको छु,” बैठकपछि तामाङले भने ।
राष्ट्रपति भण्डारीले पुनर्विचार गर्नका लागि फिर्ता पठाइएको उक्त विधेयक आजको प्रतिनिधिसभा बैठकबाट पारित गर्ने तयारी गरिएको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ २, २०७९ ११:४९
प्रतिक्रिया दिनुहोस्