site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भ्रष्टाचारविरोधी अभियान चलाउँदा सत्ताबाट हटेँ : प्रचण्ड
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले भ्रष्टाचारविरोधी अभियान चलाएकै कारण आफू सत्ताबाट हट्नुपरेको बताएका छन् । बिहीबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले सामाजिक न्यायको पक्षमा, आर्थिक समस्या समाधानको लागि जनताको पक्षमा काम गरेकै कारण पुराना र ठूला पार्टीहरूले भ्रष्टाचारी बचाउनकै लागि तथाकथित संख्याको बलमा आफूलाई सत्ताच्युत गरेको दाबी गरे ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

आफूले गरेका कामहरू राम्रोसँग जनतालाई बुझाउने अवसरका रूपमा आफूले लिएको उल्लेख गरे । आफूलाई जनताले अहिले धेरै नै माया गरेको महसुस हुने गरेको बताए ।

उनले भने, "हामीले भ्रष्टाचारविरोधी अभियान चलाएकै कारण, सामाजिक न्याय, आर्थिक समस्या समाधानको लागि जनताको पक्षमा काम गरेकै कारण पुराना र ठूला पार्टीहरूले भ्रष्टाचारी बचाउनकै लागि तथाकथित संख्याको बलमा हामीलाई बाहिर जान बाध्य पारे । यसलाई हामीले दुःख मनाउ गरेका छैनौँ । अब आफूले गरेका काम जनतालाई राम्रोसँग बुझाउने अवसर हो यो ।"

Royal Enfield Island Ad

प्रचण्डले फेरि माओवादीको नेतृत्वमा एकपटक सरकार बनेको हेर्न जनताले चाहेको बताए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक १५, २०८१  १९:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro