site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्री ओलीलाई पदबाट हटाउन देशी/विदेशी प्रतिक्रियावादीहरू अभियानमा छन् : सञ्चारमन्त्री

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले देशी/विदेशी प्रतिक्रियावादीहरू प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाउने अभियानमा रहेको टिप्पणी गरेका छन् ।

देश र जनताका लागि निःश्वार्थ भावका साथ काम गरिरहेको व्यक्ति ओली भए पनि उनलाई देशी, विदेशी प्रतिक्रियावादीहरूले एक्ल्याउने र पदबाट हटाउने अभियान नै सञ्चालन गरिरहेको सञ्चारमन्त्री गुरुङको जिकिर थियो । बिहीबार काठमाडौंमा नेकपा (एमाले) वाग्मती प्रदेश सम्पर्क कमिटीद्वारा आयोजित देउसी–भैलो कार्यक्रममा बोल्दै उनले ओलीलाई एक्ल्याउने षड्यन्त्रविरुद्ध प्रतिवाद गर्न एमाले, नेताकार्यकर्तालाई सचेत गराए ।

उनले ओलीमाथिको आक्रमण सिंगो नेपाल र नेपालीमाथिको आक्रमण भएकाले एमाले नेता, कार्यकर्ताले त्यसको प्रतिवादका लागि फेसबुक, टिकटक जस्ता सामाजिक सञ्जालको अधिक प्रयोग गर्नुपर्ने उल्लेख गरे । एमाले उपमहासचिव समेत रहेका सञ्चारमन्त्री गुरुङले पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीमाथि ठूलो षड्यन्त्र हुँदा पनि पार्टी पंक्ति त्यसको पक्षमा नउभिएको भन्दै असन्तुष्टि समेत व्यक्त गरे ।

उनले भने, "नयाँ पार्टीहरूले त्यही भाष्य बनाएका छन् । देशी, विदेशीहरूले त्यही भाष्य बनाएका छन् । हामीलाई कसरी एक्लो पारौँ ? भनेका छन् । हामो अध्यक्षलाई कसरी एक्ल्याउने भनेका छन ? प्रधानमन्त्रीबाट हटाउने भन्ने अभियानमा छन् । त्यसमा हाम्रा सतर्कता खै ? यो मुलुकका लागि केही न केही योगदान गरिएको छ । निःस्वार्थ रूपमा देशका लागि काम गरिएको छ । त्यो व्यक्ति केपी ओली नै हो । तर, उनी जहाँ जाँदा पनि किन नारा लागि रहेको छ ? त्यसकारण हामीले किन त्यसको उत्तर दिन सकिरहेका छैनौ ? यति ठूलो षड्यन्त्र छ, त्यो षडयन्त्रको विरुद्धमा बोल्ने कोही छैन । बोल्नुपर्दैन ? लेख्नुपर्दैन ?"

मन्त्री गुरुङले सरकारले देश र जनताको हितमा धेरै काम गरेको दाबी समेत गरे ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १५, २०८१  १७:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro