site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
गठबन्धनको सकस

चुनावी वातावरण क्रमशः तात्दैछ । वर्तमान संविधान जारी भएपछि हुन लागेको संघ र प्रदेशसभाको दोस्रो चुनावको लागि अब तीन महिनामात्र बाँकी छ । 

प्रतिस्पर्धी दलहरु आआफ्नै आन्तरिक तयारीमा जुटेका छन् । गठबन्धन गरेर चुनावी मैदानमा उत्रन खोजेका दलहरुको सकसको प्रभाव मुख्यतः चतुष्कोणीय देखिन्छ । दल, सिद्धान्त, निष्ठा र मतदाता सबैको सकस । मूलतः राजनीति र योसँग जोडिएका सबै सकसमा । 

आगामी मंसीर ४ गते एकै दिन देशभर मतदान हुनेगरी निर्धारित कार्यक्रम संघ र प्रदेश सभाको आवधिक निर्वाचनको महोत्सव हो । यो अवसर आफ्नो अनुकूल पार्न दलहरुको सक्रियता चुलिँदै जानु पनि स्वाभाविक हो । 

Prabhu Bank
Agni Group
NIC Asia

यति बेला चुनावको आधारभूत तयारी दलहरुबीच गठबन्धन वा तालमेलको प्रयत्नमा केन्द्रित छ । चार महिनाअघि सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि  सरकारमा आसीन दल र प्रमुख प्रतिपक्षीले सम्भव गठबन्धन बनाएका थिए । अब केही दिनपछि चुनावी गठबन्धनले निश्चित आकार पाउला । 

कसरत चलिरहेको र जोखाना हेर्न टाउको तन्काएको बेला अहिले नै गठबन्धन स्वरुपमा  प्रस्टता आएको भन्न मिल्ने अवस्था छैन । ‘रात रहे अग्राख पलाए’ पुख्र्यौली उखान बीचमा टप्किन नआए गठबन्धनको अनुमानित आकारको बलियो सम्भावना चाहिँ देखिएको छ । 

Global Ime bank

केही वर्षयता सहमति, सहकार्य र एकताको भावधारामा प्रजातान्त्रिक प्रतिस्पर्धालाई अघि बढाउन खोजिएको नेपाली राजनीति थप एक श्रेणी उकालो चढेर अब गठबन्धनमा बेरिन पुगेको छ । लाग्छ, गठबन्धनको बाहुपासबाट मुक्त बहुदलीय प्रतिस्पर्धाको चरणमा पुनः पुग्न राजनीतिले अरु चक्र पार गर्नुपर्नेछ । 

चुनावी संयुक्त मोर्चा वा गठबन्धनमा बाँधिएका दलहरुलाई प्राप्त हुने मतभारले स्वान्तःसुखायको सन्तुष्टि मिल्ला ।

‘ग्यारेन्टी’ छैन । सकसको भारी पनि कम छैन । सबैभन्दा पहिले  प्रतिनिधि सभा र प्रदेश सभाको भागहिस्सामा पर्ने, नपर्नेबीच उठ्ने तातो बाफको प्रतिच्छायाले गठबन्धित तटलाई कटान गर्दिनसक्छ ।  

अर्को, गठबन्धनले प्रतिस्पर्धात्मक दलीय दायरालाई सञ्कुचित सकसमा पारिदिएकै छ । प्रणालीको काल्पनिकी प्रक्रियाको सुई उल्टो घुमाइ दिन्छ कि भन्ने आशंका बढाइदिएकै छ । 

गठबन्धन बनाउन तम्सिएका दलहरुलाई भागबण्डा मिलाउने सकस त छँदैछ । त्यो सकस दलीय प्रणालीकै सकस हो । पहिचान लुप्त बन्दै गएको सिद्धान्तमा थपिने पथभ्रष्टता खप्टिने सकस हुँदै हो । सरकारको नेतृत्वमा रहेको नेपाली काँग्रेसलाई सकस । प्रतिपक्षी एमालेलाई थप मानसिक सकस ।

स्थानीय तहमा गठबन्धनको उपलब्धि पाएको नेकपा (माओवादी केन्द्र) र जन्मदै दुईपात भनेजस्तो फुर्ति देखाउने नेकपा (एकीकृत समाजवादी)ले कुम्ल्याएको धनधान्यको रास नेपाली कांग्रेसले धोका दिएर पाएको बताए । तिनले पूर्व गुरु केपी शर्माओलीलाई पनि हाँसो छुट्ने ठट्टै गरे । यिनले भित्तै छेड्ने गरी कांग्रेसलाई गाली गरे, आफ्ना सेनामेनामा विषाक्त प्रतिशोध घोले । विषाक्त घैंटो पुनः कांग्रेसको काँघमा आसीन छ । 

अबको ठूलो हिस्सा पाउने लोभी दबाबमा यिनले कांग्रेसलाई सत्तोसराप गरे । तीन महिनाअघि मात्रकै कुरा हो ।

आखिर कांग्रेससँगै मिल्नु थियो भने सत्तोसराप गरेको किन होला ? यो कस्तो चरित्र हो ? समीक्षा सभ्य कर्म र तथ्यमा टिक्ने विवेक हो । समीक्षाको निष्कर्ष परिणाम सराप होइन । अहिले खाए पाए भयो । भोलि राजनीतिको भान्छा भतेरमा जता लाइन बसे पनि भयो ? शीर्षस्थ ‘पुकदा र माकुने’ले बुझ्ने कुरा हो । 

गाली पुराण वाचकलाई पनि सकस । गठबन्धनले तर्साएको प्रतिपक्षी एमालेका अध्यक्ष ओलीलाई पनि लतारिने हो कि भन्ने सकस । सरकारी गठबन्धनलाई पनि ‘सयथरी बाजा एउटै ताल’ गर्न जुट्दा पनि कतै लतारिने हो कि भन्ने ‘निद्रा हराम’ सकस । सबैतिर सकसै सकस । कारण गठबन्धन । 

एमालेलाई गठजोड अँगालोमा आलिंगन गर्न दौँतरी पाउनै मुस्किल । जति खोजे पनि, राप्रपा र समाधिस्थ राप्रपा नेपालको पुनर्भाव तारणहार बन्ने मुस्कान सपनी कतै भंग हुने शंकामा एमाले प्रथम पुरुषको सकस । सकस सुरुबाट पढे नि वा अन्तिमबाट पढे पनि ‘सकस’ नेपाली राजनीतिको सकस । 

शीर्षस्थको अग्लो आसनमा आसीन सरकारी आलिंगनको असीम आग्रहले चारै दिशा छरिएको सकस मतदाताको चाहिँ मानभंगको पीडा हो । धेरैले सिद्धान्तको चिरहरण भोग्नु, देख्नुपरेको छ । जीवनभरको निष्ठाको सतीत्व भंग भएको छ । के यो कम सकस हो ? 

नाम दिइएको लोकतान्त्रिक वाम गठबन्धनभित्र कम्युनिस्ट उपगठबन्धन किन ? कांग्रेसलाई घुक्र्याउन कि एमालेलाई तर्साउन ? दामाबावा एकातिर जरा जाने त्यतै होला ? गठबन्धको सारथी कांग्रेस पर्ने भयो एक्लै ? 

कांग्रेसलाई पनि त प्रतिक्रियात्मक प्रत्यूत्तर दिनैपर्ने होला । लोसपालाई मिलाए भयो । लोसपा केही होइन, हिङ बाँधेको तराइमधेसको टालो त पक्कै हो । ऊ गठबन्धनका अरुभन्दा फरक, कांग्रेसजस्तै सिद्धान्तमा लोकतान्त्रिक भन्न रुचाउँछ । गठबन्धनको सकसभन्दा बाहिर लोसपालाई किन राख्नु पर्यो र ? 

गठबन्धनको नेता प्रधानमन्त्री शेरबहादुर देउवाले लोसपालाई भित्र्याउने जमर्को ठीकै गरेका थिए । तर त्यो सुस्तायो, अघि बढेन भन्ने सुनिएको छ किन होला ? एउटै जमिनको जसपाको स्वार्थले उत्पन्न गरेको दबाबी परिणाम हो कि ? लोसपालाई गठबन्धनको सकसभन्दा अनिच्छित बाहिर बस्नु परेको ? 

भर्खरै भाँचिएको जसपाको हाँगो नेसपालाई गठबन्धन, उपबन्धनमा ल्याउन जसपालाई सकस भएन । प्रदेशको भिन्नताले हो कि ? 

गठबन्धनको सकस कहाँ परेन ? सिद्धान्तमा, प्रणालीमा, प्रक्रियामा, निष्ठा वा प्रतिबद्धतामा । कहाँ परेन सकस ? राजनीतिलाई, संवैधानिक मान्यतालाई, मतदाता र मतार्थी कसलाई दिएन सकस गठबन्धनले ?

सरकार बनाउन गठबन्धन बनाउनै परे त्यसको औचित्य आखाँ चिम्लिदा पनि पुष्टि हुने देखिन्छ । चुनावकै लागि गठबन्धन, अरु सबै तिलाञ्जलि ? नेपाली राजनीतिको सकस ।      
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २, २०७९  ०८:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC