साहित्य
काठमाडौं । सिरहा भलुवाही पदमपुरका समाजसेवीहरू सम्मिलित संस्था मिलिजुली समूहले तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।
बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा समूहले समाजसेवी कुशेश्वर अधिकारीलाई सम्मान गरेको छ ।
तीज कार्यक्रममा भलुवाही पदमपुरका महिलाहरूको बाक्लो उपस्थिति थियो ।
कार्यक्रममा प्रदीपकुमार अर्याल, ज्ञानी देवी ढकाल, अवधेश गौतम, जीवछ गुप्ता, सुशीला ढकाल, नत्थु बाँस्कोटा, मनिषा भट्टराई, ममता बाँस्कोटालगायतले बोलेका थिए ।
काठमाडौंमा बसोबास गर्दै आएका भलुवाही पदमपुरका बासिन्दाहरूका बीचमा आपसी सम्बन्ध घनिष्ठ रहोस् भन्ने उद्देश्यले संस्थाको स्थापना गरिएको समूहका अध्यक्ष अवधेश गौतमले बताए ।
प्रकाशित मिति: बुधबार, भदौ १, २०७९ २१:३७
प्रतिक्रिया दिनुहोस्