site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नेपालमा पहिलो पटक नबिल फोनलोन–क्यूआर मर्चेन्ट सुरुवात
Siddhartha BankSiddhartha Bank

काठमाडौं । नबिल बैंकले नेपालमा पहिलो पटक आफ्ना क्यूआर मर्चेन्टलाई फोनलोनको सुविधा सुरु गरेको छ ।

उक्त सेवाको सुरुवातसँगै क्यूआर मर्चेन्टले घरमा बसीबसी कुनै पनि धितो बिना नबिल स्मार्ट बैकिङमार्फत तुरुन्तै कर्जा पाउन सक्नेछन् । नबिल बैंकले यूएनसीडीएफको सहकार्यमा साना तथा मझौला व्यवसाय गरिरहेका युवा तथा महिला उद्यमीहरूलाई लक्षित गरी यो सुविधा ल्याएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

यस सेवाअन्तर्गत कर्जा लिन चाहने व्यवसायीहरूले नबिलको क्यूआर मर्चेन्टमा एकल नाममा दर्ता गरेर नबिल स्मार्ट बैकिङ लिनुपर्ने बैंकले जनाएको छ । त्यसका साथसाथै अघिल्लो महिनामा पाँचवटा क्यूआर कारोबारबाट १० हजार बराबरको कारोबार गरेर पछिल्लो चार हप्तामा हरेक हप्ता एउटा कारोबार गरेको हुनुपर्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएकाे छ । 

“यो नबिलले ल्याएको पूर्ण रूपमा डिजिटल सेवा हो । हामीले कुनै धितो बिना नै क्यूआर कारोबारलाई आधार मानेर हाम्रा क्यूआर मर्चेन्टहरूलाई डिजिटल कारोबार गर्न प्रोत्साहन गर्न नेपालमा पहिलो पटक यो सुविधा ल्याएका हौँ,” बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गाना बताए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ३१, २०७९  १९:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement