विशेष
काठमाडौं । अबका तीन दिनसम्म देशका प्रमुख र मझौला नदीहरूको जलसतह सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार यो अवधिमा देशभर बाढीको जोखिम न्यून रहनेछ ।
आज देशका केही ठूला नदीमा बहाव सामान्य बढ्नेछ । केही ठूला नदीमा बहाव सामान्य घटबढ हुने महाशाखाले जनाएको छ ।
आज देशभरका अधिकांश साना नदीहरूमा पनि बहाव सामान्य घटबढ हुने तथा बहाव सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ ।
प्रकाशित मिति: सोमबार, साउन ३०, २०७९ ०८:३३
प्रतिक्रिया दिनुहोस्