site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
गठबन्धन डर र कर दुवै हो : पौडेल
फाइल तस्बिर ।
SkywellSkywell

चितवन । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले गठबन्धन डर र कर दुवै भएको बताएका छन् । आइतबार नेपाल प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कांग्रेसले गठबन्धन नगरे अरू पार्टीले गर्ने बताए ।

उनले भने, “कांग्रेसले गठबन्धन नगरे अन्य पार्टीले गरिहाल्छन् । यसैले गठबन्धन कर पनि हो डर पनि होे ।”

अहिलेको आवश्यकता मिलेर जानुपर्ने रहेको उनको भनाइ थियो । एक्लाएक्लै निर्वाचनमा गएर पछि गठबन्धन गरे पनि फरक नपर्ने जनाउँदै नेता पौडेलले अहिलेको आवश्यकता मिलेर, तालमेल गरेर जानुपर्ने रहेको बताए ।

Dabur Nepal
NIC Asia

गठबन्धनमा तालमेल गरेर जाने कुरामा छलफल जारी रहेको उनले बताए । उनले भने, “कुरा चलिरहेको छ, मिलाउने कोसिस हुन्छ ।”

को कहाँबाट उमेदवार बन्ने भन्ने विषयमा अहिले  निर्णय नभएको जनाउँदै उनले गठबन्धनभित्र दाबी हुनु स्वाभाविक रहेको बताए । दलहरूको धरातलीय पाटो हेरेर कुन क्षेत्रमा कसको सम्भावना छ, त्यहीअनुसार अघि बढ्ने उनको भनाइ थियो ।

“तलको जनमत हेरेर निर्णय लिन्छौँ,” उनले थपे, “कुन उमेदवारलाई अघि सार्दा कस्तो होला, जनमत कसको बढी छ, त्यसलाई आधार मान्नुपर्छ ।”

उनले कांग्रेसले कांग्रेसलाई जिताउने अभियान चलाउन कार्यकर्ताहरूलाई आग्रह गरे । उनले भने, “कांग्रेसले कांग्रेसलाई जिताउने हो, हराउने होइन ।”

आउँदो ‘निर्वाचनपछि देशको प्रधानमन्त्री तपाईँ हो ?’ भन्ने पत्रकारको प्रश्नको जवाफमा उनले भने, “यो निर्णय लिने जिम्मा पार्टीको हो । अहिले नै घोषणा गर्ने समय भएको छैन ।”

कांग्रेस देशमा राजनीतिक स्थिरता, सुशासन र सामाजिक न्यायको पक्षमा रहेको उनले बताए ।

फरक प्रसंगमा उनले नागरिकता विधेयक संसद्ले पास गरेकाले राष्ट्रपतिबाट रोकिन नहुने बताए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २९, २०७९  ०९:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu