site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
प्रहरी भ्यान दुर्घटना : एकजनाको मृत्यु, घाइतेको नेपालगन्ज र कोहलपुरमा उपचार हुँदै
प्रतीकात्मक तस्बिर ।
Siddhartha BankSiddhartha Bank

रुकुम पूर्व । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–११, तल्लो सेरामा भएको प्रहरीको भ्यान दुर्घटनामा परी घाइते भएका सबैलाई हेलिकोप्टरमार्फत नेपालगन्ज लगिएको छ ।

सुर्खेतबाट आएको नेपाली सेनाको हेलिकोप्टरमार्फत सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक रवीन्द्र श्रेष्ठ, नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगी, चालक प्रहरी हवल्दार कुमारसिंह डाँगी, प्रहरी जवान सन्तोष बुढामगर र इन्द्र घर्तीलाई थप उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएको प्रहरीले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

पहिलो चरणमा सशस्त्र प्रहरीका प्रनाउ श्रेष्ठसहित चालक प्रहरी हवल्दार डाँगी, प्रहरी जवान बुढामगरलाई नेपालगन्ज लगिएको थियो । दोस्रो चरणमा नेपाल प्रहरीका प्रनाउ डाँगी र प्रहरी जवान घर्तीलाई नेपालगन्ज लगिएको हो ।

अर्का प्रहरी जवान लक्ष्मण पुनलाई पनि नेपालगन्ज लगिएको थियो । उनलाई त्यहाँ लैजानेबित्तिकै अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

Global Ime bank

अहिले प्रनाउ डाँगीको शिक्षण अस्पताल बाँके र सशस्त्र प्रहरीका प्रनाउ श्रेष्ठको सशस्त्र प्रहरी बल अस्पताल नौबास्ता, बाँकेमा उपचार भइरहेको छ । अरू घाइतेको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।

आज जिल्ला सदरमुकाम रुकुमकोटबाट पुथा उत्तरगंगा गाउँपालिकाको तकसेरातर्फ जाँदै गरेको नेपाल प्रहरीको भ्यान तल्लो सेरा गाउँनजिकै दुर्घटना भएको थियो । गाडी सडकबाट करिब १०० मिटर तल खसेको बताइएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन २८, २०७९  २०:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय