site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
पुष्पलालमा केन्द्रित भएर कम्युनिस्ट एकता गरौँ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै कम्युनिस्टका निम्ति एकताको आधार पुष्पलाल हुन सक्ने बताएका छन् । शनिबार काठमाडौंमा पुष्पलाल जन्मशताब्दी समारोहमा उनले यस्तो बताएका हुन् ।

पुष्पलालको चर्चा गर्दा गम्भीर हुन आवश्यक रहेको उनले उल्लेख गरे । उनले पुष्पलालमा केन्द्रित भएर कम्युनिस्ट एकताको कोसिस गर्न आग्रह गरे । पुष्पलालका बारेमा पुनः एकपटक अध्ययन हुन, चिन्तन र मनन गर्न आवश्यक रहेको उनले बताए ।

Dabur Nepal
NIC Asia

दोषजति अरूको थाप्लोमा हालेर आफू दूधले नुहाएको भन्ने प्रवृत्तिले कम्युनिस्ट पार्टीलाई एकताबद्ध हुन नदिएको उनको भनाइ थियो ।

उक्त कार्यक्रममा प्रधानमन्त्री प्रचण्डको भनाइ पढ्नोस्–
हामी सबै कम्युनिस्टहरूको निम्ति एकताको आधार पुष्पलाल नै हुन सक्ने म देख्छु । त्यसकारण पुष्पलालको चर्चा गर्दा हामी धेरै गम्भीर हुन पनि जरुरी छ । किनकि, यो ऐतिहासिक छ । यो दूरगामी छ । यो रणनैतिक महत्त्वको पनि छ । हामी अन्त गएर केन्द्रित हुन खोज्यो भने कम्युनिस्ट पार्टी सबैलाई एक ठाउँमा ल्याउन धेरै गाह्रो छ । प्रयास त हामीले गर्‍यौँ । मेरै कुरा गर्‍यौँ भने ०७४ को निर्वाचनअघि कम्युनिस्टहरूलाई एकताबद्ध गरेर दुईतिहाइ बहुमत ल्याएर समाजवादको आधार निर्माण गर्न सकिन्छ भन्ने मान्यताबाट अघि बढेर एकता त गरियो, तर त्यो एकता टिकाउन सकिएन, टिकेन । हामी त्यसकै वरिपरि सारा कम्युनिस्ट पार्टीलाई ल्याउन सकौँला भन्ने सोचिएको थियो, तर सकिएन । त्यहाँ कहीँ न कहीँ सीमाहरू रहे । हामीले पुष्पलालमा केन्द्रित भएर एकता गर्ने कोसिस गरौँ । त्यसो गरे त्यो एकता दिगो हुन्छ । किनभने, त्यो दर्शनमा, सिद्धान्तमा आधारित हुनसक्छ । निष्ठा र राजनीतिक उद्देश्यमा आधारित हुनसक्छ । न्युज एजेन्सी नेपाल

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार १५, २०८१  १७:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro