site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
समाज परिवर्तनको जिम्मेवारी कम्युनिस्टको काँधमा : माधव नेपाल
फाइल तस्बिर ।
Siddhartha BankSiddhartha Bank

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाज परिवर्तनको जिम्मेवारी कम्युनिस्टको काँधमा रहेको बताएका छन् । शनिबार काठमाडौंमा पुष्पलाल जन्मशताब्दी समारोहमा उनले यस्तो बताएका हुन् ।

उनले नेपाली विशेषताको समाजवादका कार्यक्रम नेकपा (एकीकृत समाजवादी)ले ल्याउन लागेको जिकिर गरे । कम्युनिस्टले पहल गर्दा नेपाली राजनीतिमा ठूलठूलो परिवर्तन भएको भन्दै उनले सबै मिलेर विचारविमर्श गर्न आवश्यक रहेकामा जोड दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले नेपालको कम्युनिस्ट आन्दोलनमा उतारचढाव, उकालीओराली, एकता, विघटन भइरहे पनि आत्तिनुपर्ने अवस्था नरहेको बताए । वर्तमान परिस्थितिमा गम्भीर हुनुपर्ने आवश्यक रहेको उनको भनाइ थियो ।

उनले नेपालको राजनीतिमा कम्युनिस्ट आन्दोलनले महत्त्वपूर्ण भूमिका खेलेको टिप्पणी गरे । गणतन्त्रलाई समाजवादी गणतन्त्रमा रूपान्तरण गर्न आवश्यक रहेकामा उनले जोड दिए ।

Global Ime bank

उक्त कार्यक्रममा माधव नेपालको भनाइ पढ्नोस्–
नेपालको कम्युनिस्ट आन्दोलन आज उतारचढाव, उकालीओराली, एकता, फेरि विघटन, फेरि पुनर्गठन, विभाजन, फेरि पुनः एकता यही प्रक्रियामा अघि बढिरहेको छ । अहिलेको अवस्था हेरेर हामी धेरै चिन्तित हुनु हुँदैन । तर, गम्भीर हुनुपर्ने आवश्यकता छ । कम्युनिस्टहरूले पहल गर्दा नेपाली राजनीतिमा ठूलोठूलो परिवर्तन ल्याएका छन् । तरंग सिर्जना गरेका छन् । अहिले पनि समाज परिवर्तनको जिम्मेवारी कम्युनिस्टहरूकै काँधमा छ । हामीले नेपाली विशेषताको समाजावादका कार्यक्रम ल्याउँदै छौँ । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार १५, २०८१  १७:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय