काठमाडाैं । भक्तपुरबासीले दिवङ्गत भएका आफ्ना परिवारजनको सम्झनामा आज भक्तपुरमा गाईजात्रा निकालेका छन् ।
यस वर्ष नेपाली पात्रोअनुसार गाईजात्रा, रक्षा बन्धन र जनै पूर्णिमा एकै दिन परेको थियो ।
परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइन्छ ।
यस पर्वमा एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आआफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ ।
यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाइ वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।
हेर्नुहाेस् भक्तपुरमा मनाइएकाे गाईजात्राका तस्बिरहरू :