site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
ओभरचर सुपरसोनिक विमानले २०२६ मा उडान थाल्ने 
Siddhartha BankSiddhartha Bank

लन्डन । सुपरसोनिक हवाई यात्रा सदैव समयको धारणामा अलमलिने गरेको छ । यसबारे एटलान्टिक महासागर पार गर्न सक्ने र विमान उड्नेबेला निर्धारित समय भन्दा पहिले नै अवतरण हुनसक्ने जस्ता प्रसंगहरू उठ्ने गरेका छन् । तर, विमान निर्माता कम्पनी बूम आफ्नो ओभरचर सुपरसोनिक विमानसँगै नयाँ धारणा अघि सार्न सफल भएको छ । 

हालै बेलायतको फार्नवर्ग एयर सोमा आफ्नो उत्पादनको डिजाइन सार्वजनिक गरेर बूमले घडीको सुईलाई एकचोटि पुनः साठी दशकतिर फर्काएर कन्कोर्ड विमानको सम्झना दिलाएको छ । विशाल डेल्टा पखेटा, चारवटा झुण्डिएका इन्जिन र लामो तथा पातलो फ्युजलेजले कन्कोर्डसँग यसलाई तुलना गर्न बाध्य बनाउँछन् ।  

Agni Group
NIC Asia

तर, छ दशक लगाएर फ्रेन्च र बेलायती डिजाइनरहरूले विश्वमा पहिलो सुपरसोनिक एयरलाइनर सुरु गरेयता बूमले भने यस सम्बन्धमा केही सुधार ल्याउन सफल भएको छ् । परम्परागत पुच्छर भएको ओभरचरमा पखेटा अलि बंग्याइएका छन् भने ध्वनि निष्कासन प्रविधिमा पनि अलि परिमार्जन गरिएको छ । भयानक आवाजकै कारण कन्कोर्ड प्रयोगको अन्त्य भएको थियो । 

ओभरचरले पहिलो उडान आगामी सन् २०२६ मा गर्ने अपेक्षा गरिएको छ । नयाँ प्रविधिको कुरा गर्ने हो भने यसका इन्जिनहरूले सय प्रतिशत सस्टेनेवल एभिएसन फ्युल (एसएएफ) प्रयोग गर्नेछन् । 

Global Ime bank

बूम कम्पनीले ओभरचरको सुरुवातपछि न्युयोर्कदेखि लन्डन सम्मको हालको उडान समय अवधिमा दुई घन्टाले कमी हुने जनाएको छ । युनाइटेड र जापान एयरलाइन्स लगायतले बूमलाई ७० वटा ओभरचर विमानको अर्डर दिइसकेका छन् । 

रोव रिपोर्टबाट । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २७, २०७९  ०१:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu