अर्थ व्यवसाय

काठमाडौं । सेयर लगानीकर्ताले टीएमएस खरिदको भुक्तानी तथा कोल्याटरल लोड ‘आईएमई पे’ मार्फत गर्न सक्ने भएका छन् ।
यो सुविधा ३५ वटा भन्दा बढी ब्रोकरहरूमा उपलब्ध छ । टीएमएसमा धितो लोड र फन्ड सेटलमेन्ट गर्दा आईएमई पे बाट सजिलै कारोबार गर्न सकिन्छ ।
यसले सेयर कारोबार गर्ने सबैलाई थप सहज हुने साथै भुक्तानी सेवा प्रदायक यसरी टीएमएसमा जोडिनुले नेपालको सेयर बजारलाई डिजिटाइज गर्न थप टेवा पुग्ने कम्पनीका प्रमुख व्यापार अधिकृत प्रमोदमान सिंह बस्नेतले उल्लेख गरे ।
यो सुविधा प्रयोग गर्ने लगानीकर्तालाई हालको लागि कुनै सेवा शूल्क नलाग्ने कम्पनीले जानकारी दिएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन २४, २०७९ १७:२७
प्रतिक्रिया दिनुहोस्