site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
आदिवासीका अधिकार रक्षा

साउन २४ गते विश्व आदिवासी दिवस । यस सन्दर्भमा आदिवासी जनजातिका समस्या र अधिकारका बारेमा चर्चा गर्नु स्वाभाविकै होला । नबोलेर र नमागेर नै आदिवासी जनजाति अधिकार प्राप्तिमा पछि परेको स्वीकार गर्नैपर्छ । अनेक दुःख, कष्ट, विभेद झेल्नु परेपनि  सहेर बस्छौँ । आवाज उठाउँदैनौ । मानौ, हामीलाई कुनै समस्या छैन, केही भएको छैन ।  

नेपालमा जातीय विविधता छ । विविधतासँगै उनीहरुको अवस्थामा पनि एकरुपता छैन । सामान्यतः जातजातिलाई हेरेरै नेपालीहरुको जीवनस्तरलाई छुट्याउन सकिन्छ । कुन जाति कति धनी ? कुन जाति कति शिक्षित ? त्यसो त आदिवासी जनजाति महासंघमा सूचीकृत जातिमा पनि समानता छैन । महासंघले जातिको अवस्था हेरेर समग्रमा वर्गीकरण गरेको पाइन्छ । 

पूर्वी तराईमा बसोबास गर्ने आदिवासी सन्थाल समुदायको चर्चा गरौँ ।  धेरै पहिलेको कुरा होइन । चार दशकसमम पनि झापा र मोरङमा सन्थालको बाक्लो बसोबास थियो । भूमिपति सन्थालहरु खेतीपाती गरेर जीवनयापन गर्थे । उनीहरु बिस्तारै लोप हुँदै गए । अहिले सन्थाल बस्ती खोज्नुपर्छ । लोपोन्मुख सन्थाललाई जगेर्ना गर्न कसैले  चासो लिएको छैन । यहाँ सर्प जोगाउन करोडौंको बजेट छुट्याइन्छ,  बाघको संख्या दोब्बर बनाएर राज्यले गर्व महसुस गर्छ तर हराउँदै गएको  आदिवासी सन्थाल जाति जोगाउन  शासकहरुले कर्तव्य ठान्दैनन् ।  सन्थालका लागि संघीय र प्रदेश सरकारले कुनै कार्यक्रम त ल्याएनन् नै स्थानीय सरकारको रुपमा रहेका पालिका र तिनका वडाहरुले समेत सन्थालको हितमा सामान्य कार्यक्रम पनि ल्याएका छैनन् । कस्तो विडम्बना हो ।  

Prabhu Bank
Agni Group
NIC Asia

केही दिन अगाडि आदिवासी सन्थाल समुदायकी द्रौपदी मुर्मु भारतको राष्ट्रपति चुनिदा सामाजिक सञ्जालमा बधाई दिनेहरुको ओइरो देखियो । नेपालका सन्थालहरु नासिदै जाँदा छिमेकी भारतमा देशको सर्वोच्च पदमा सन्थाल महिला पुग्नु नेपालका पिछडिएका जाति समुदायको लागि कल्पनाभन्दा माथि हो । प्रजातन्त्र पुनर्बहालीपछि पनि नेपालमा बहुजातीय शासन आउन सकेको छैन ।

नेपालमा एकल जातिवादी संकीर्ण चिन्तनले गर्दा नै अरु धेरै जाति अस्तित्वहीन बन्दै गएका छन् । त्यसमा सबैभन्दा बढी संकटमा परेको जाति हो सन्थाल । केही वर्षअघिसम्म जमिनदारका रुपमा चिनिने सन्थाल समुदाय अहिले अति सीमान्तकृत जातिमा पर्छ । पूर्वी नेपालको झापा र मोरङ जिल्लामा परापूर्वकालदेखि स्थायी बसोबास गर्ने समुदाय हो सन्थाल । सरकारद्वारा सूचीकृत ५९ आदिवासी जनजातिमध्ये मौलिक पहिचान बोकेको जाति मानिन्छ यो समुदायलाई । संस्कार संस्कृति, भेषभूषा, साहित्य, भाषालिपिले गर्दा सांस्कृतिकरूपमा यो जाति धनी छ ।

Global Ime bank

वि.सं. २०६८ को जनगणनामा यो समुदायको जनसंख्या ५१ हजार ७३५ रहेको थियो । २०७८ को जनगणना अनुसार जातिगत जनसंख्या आइसकेको छैन । भूमिपतिबाट भूमिहीन बनेका सन्थाल समुदायमा शिक्षित पनि निकै कम छन् । मुलुकमा आमूल परिवर्तन भए पनि सन्थाल समुदायको जीवनशैलीमा खासै परिवर्तन आएको छैन । अधिकांश मजदुरी गरेर गुजारा गर्न बाध्य छन् । सन्थाल समुदायबाट राज्यका विभिन्न तहमा नगण्य प्रतिनिधित्व भएको छ । सन्थाल समुदायका केही युवामात्र अहिले सरकारी सेवामा छन् ।

अति सीमान्तकृत सन्थाल समुदायबाट जोबा सोरेन र मोहन टुडू सांसद बनेका थिए । सोरेन पहिलो संविधान सभा र टुडू दोस्रो संविधान सभामा सदस्य बनेका थिए । त्यस्तै स्थानीय तहको निर्वाचन २०७९ मा सन्थाल समुदायबाट मोरङको जहँदा गाउँपालिकाको उपाध्यक्षमा हन्ना सोरन निर्वाचित भएकी छन् । सोही गाउँपालिकामा मुन्सी मुर्मु र भगवान टुडुले वडाध्यक्ष जितेका छन् भने जितन हस्दा र शिवनारायण मुर्मु वडा सदस्यमा निर्वाचित भएका छन् । त्यस्तै मोरङकै धनपाल गाउँपालिकाको महिला वडा सदस्यमा मराङमय हेमरमले जितेकी छन् ।

यता झापामा जम्मा तीन जनाले वडा सदस्य जितेका छन् । कन्काई नगरपालिका वडा नं ६ मा सन्तोष सोरेन र वडा नं ७ मा भगन टुडुले वडा सदस्य जित्दा बाह्रदशी ७ मा रानी मुर्मूले महिला वडा सदस्य जितेकी छन् । कनकाईका वडा सदस्य सन्तोष सोरेन जिल्ला समन्वय समितिको सदस्यमा पनि निर्वाचित भएका छन् । जागिरमा हेर्ने हो भने कानुनमा स्नातक गरेका विश्वदीप बेस्रा उपसचिव छन् । सन्थाल समुदायका नारायण टुडु कृषि सामग्री संस्थानका अधिकृत छन् ।

त्यस्तै जिसु मुर्मु र उनकी श्रीमती सुनिता सोरेन वडा सचिव छन् । त्यस्तै प्रहरी सेवामा सन्थालहरु सहायक निरीक्षकभन्दा माथि जान सकेका छैनन् । सन्थाल समुदायबाट सरकारी निकायमा काम गर्ने थोरैमात्रै छन् । त्यसमा पनि महिलाको संख्या त ज्यादै न्यून छ ।

झापाको कोरोबारी, हल्दिबारी, कुमरखोद, टाघनडुब्बा, बैगुनधुरा, कन्काई, जलथल, राजगढ, शरणामतीमा यो समुदायको बसोबास बढी रहेको पाइन्छ । राज्यसत्तामा बस्नेहरुले नै विभेदपूर्ण व्यवहार गरिरहेको अधिकारबाट बञ्चित आदिवासीहरुको गुनासो छ । त्यसको विरोध गर्दा  उत्पीडित आदिवासीहरुलाई नै साम्प्रदायिता भड्काएको आरोप लाग्ने गर्छ । 

      
नेपालको संविधानमा आदिवासी जनजातिका लागि धेरै अधिकारको व्यवस्था गरिएको छ  । तर, त्यसको कार्यान्वयन हुन सकिरहेको छैन । नेपालमा एउटा आदिवासी जनजाति आयोग रहने संवैधानिक व्यवस्था छ । निजामती सेवालाई समावेशी बनाउन खुल्ला प्रतियोगिताद्वारा पूर्ति हुने पदमध्ये ४५ (पैँतालीस) प्रतिशत पद छुट्याई सो प्रतिशतलाई शत प्रतिशत मानी आदिवासी जनजातिलाई २७ (सत्ताइस) प्रतिशत छुट्याइएको छ । 

ती अधिकारका बारेमा हामी आदिवासी जनजाति जानकार छैनौ । त्यसैले अब हामीहरुले आफ्नो अधिकारका बारेमा खोजी गर्न थालौँ । राज्यले सबै जाति समुदायको सहअस्तित्व जोगाउने दायित्व भुलिरहेको छ । राज्यभित्र रहेका अल्पसंख्यक बहुसंख्यक, धनी गरिब, शिक्षित अशिक्षित सबै जातिको संरक्षण र संवद्र्धन गर्ने दायित्व राज्यको हो । त्यसबाट राज्य भाग्न मिल्दैन । नत्र नेपालमा संघीय लोकतन्त्र नआएर एकल जहानीया शासन रहेको ठहर्छ । 

‘मै खाऊँ मै लाऊँ’को  स्वार्थी जमाना भएकाले  अब स्वयं जाति नै जागरुक नबनी उपाय छैन । संविधानमा  उल्लेख भएका अधिकारलाई प्राप्त गर्न आदिवासी जनजाति लाग्नै पर्ने भयो । सन्थाल जस्तै अरु पनि जाति समुदाय पनि बिस्तारै हराउँदै जानेछन् । आफ्नो अधिकार खोजौँ । आफ्नो अस्तित्व रक्षाको लागि संघर्ष गरौँ । कुनै पनि हालतमा अधिकारको संघर्षबाट पलायन हुनु हुँदैन । 
  


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २४, २०७९  १२:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC