site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विवादित ‘पापाकी परी’को सम्पादित भिडियो सार्वजनिक, सर्जक भन्छन्– खासै आपत्तिजनक थिएन
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । गत हप्ता (साउन १७ गते) सार्वजनिक भएको तिज गीत ‘पापाकी परी’को सम्पादित भिडियो सार्वजनिक गरिएको छ । 

गीतको एउटा दृश्य र शब्दलाई लिएर आलोचना भएपछि त्यसलाई हटाएर नयाँ फुटेज र शब्द जोडेर गीतको सम्पादित भिडियो युट्युबमा अपलोड गरिएको हो ।

राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानका कार्यसमिति सदस्य र लोकसंगीतमा बढ्दै गएको विकृति शुद्धीकरण अभियानका संयोजकसमेत रहेका शिव हमालकै गीतका शब्द र दृश्यमा उच्छृङ्खलता पाइएको भन्दै व्यापक आलोचना भएको थियो । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

दर्शक र प्रतिष्ठान  दुवैले आपत्ति जनाएपछि टिमले शब्द र दृश्य हटाएको हो । 

“हजार माइलमा कहीँकतै चिप्लिन सकिन्छ र म पनि चिप्लिएँ होला । कस्तो कस्तो लोकगीतहरू सहजै स्वीकार भइरहेको छ । तर मेरो गीतका शब्दहरू त्यतिधेरै आपत्तिजनक थिएन,” रचनाकार हमाल भन्छन्, “सायद म प्रतिष्ठानसँग जोडिएको भएर पनि यतिधेरै विरोध भयो होला । ठिकै छ, मैले सिर्जना गर्ने भनेको दर्शकका लागि हो । यदि दर्शकले नै आपत्ति जनाउनुहुन्छ भने मैले त्यसलाई सच्याउनैपर्छ । त्यसैले हामीले टिमसँग छलफल गरेर उक्त दृश्य र शब्द नै हटाएर सम्पादित भिडियो अपलोड गरिसकेका छौँ ।”

Royal Enfield Island Ad

हमालको शब्द रहेको गीतमा सुशिला पाठक र आशिष अविरलको स्वर रहेको छ । अविरलकै नामको युट्युब च्यानलबाट रिलिज भएको गीतमा अविरलकै संगीत रहेको छ भने निर्देशन मौसम हिमालीले गरेका हुन् ।

गायिका सुशिला पाठक पनि आफ्नो गीतका शब्द र दृश्यमा कुनै अश्लीलता नभएको भन्दै धम्की आएपछि बाध्य भएर विवादित दृश्य र शब्द हटाएको बताउँछिन् । 

आइतबार आफ्नो आधिकारिक फेसबुकमा नयाँ सम्पादित भिडियोको लिङ सेयर गर्दै उनी लेख्छिन्, “गीतकारलाई धम्कीपूर्ण आदेश संस्थाबाट आएको र मलाई पनि स्वयं धम्की आएले गीतकारले आफ्नो पदबाट राजीनामा नै दिनुपर्ने अवस्था भएको कारणले गर्दा मात्र मैले युट्युब च्यानलबाट यो दृश्य हटाएको हो अन्यथा हाम्रो गीतको शब्द र दृश्य अश्लील भएर पक्कै पनि होइन म एकदम दुखी छु । किनभने हाम्रो शब्द र दृश्य अश्लील थिएन अश्लील बनाइयो अनि अर्को कुरा युट्युबमा तीज गीत भनेर मेन्सन पनि गरेको छैन मैले ।”

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २३, २०७९  १७:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro