site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
कप्तानको जिम्मेवारी पाए सबैभन्दा धेरै खुसी हुन्छु : हार्दिक पाण्डेय
Siddhartha BankSiddhartha Bank

काठमाडौं । अलराउन्डर हार्दिक पाण्डेयले आफ्नो कप्तानीमा गुजरात टाइटन्स पहिलो सिजन नै उपाधि जिताउन सफल भएका थिए । त्यस्तै उनले कप्तानको भूमिकामा भारतलाई पनि तीन ट्वान्टी–२० क्रिकेट खेल जिताउन सफल भए । यससँगै हार्दिक पाण्डेयलाई भविष्यमा कप्तान हुने बाटो खुला बनेको छ । 

“हुन सक्छु ! किन नसक्ने ? मैले भविष्यमा त्यस्तो अवसर पाए भने त्यसमा सबैभन्दा खुसी हुनेछु । तर, अहिले हाम्रो सामु विश्वकप र एसिया कप छन्,” फ्लोरिडास्थित लाउडरहिलमा वेष्ट इन्डिजविरुद्ध पाँच खेलको शृंखला ४–१ ले जितेपछि हार्दिक पाण्डेयले भने, “अब हामी यही दुई प्रतियोगिताका लागि ध्यान केन्द्रित गर्नेछौं ।”

Prabhu Bank
Agni Group
NIC Asia

नियमित कप्तान रोहिक शर्माको अनुपस्थितिमा हार्दिकले भारतको कप्तानी सम्हालेका थिए । आइतबार रातिको खेलमा रोहितलाई आराम दिइएको थियो । उक्त खेलमा भारत ८८ रनले विजयी भएको थियो । जुन ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारतको चौथो ठूलो जित हो । 

भारतले यसवर्ष सात जनालाई कप्तानका रुपमा प्रयोग गरिसकेको छ । वेष्ट इन्डिज र अमेरिका भ्रमणमा हार्दिकले रिशभ पन्तलाई प्रतिस्थापन गर्दै उपकप्तान बनेका थिए । आफ्नो टिममा धेरै जना ‘लिडर’ बनिरहँदा कप्तान रोहित भने उत्साहित छन् ।
 
“धेरै लिडरहरु जन्माउन पाउँदा उत्साहित छु । किनकी यो राम्रो संकेत हो,” रोहितले स्टार स्पोर्टस सँग भने, “सबैले दबाब चिर्न सक्ने खेलाडी चाहन्छन् । जसले गर्दा खेलको बारेमा थाहा हुन्छ र एक अर्कालाई राम्रोसँग चिन्छन् । जब उनीहरूले टिममा नेतृत्व गर्छन्, उनीहरूलाई यी सबै विषय थाहा हुन्छ । आईपीएलमा दश टिम छन् । त्यहाँ दश कप्तान हुन्छन् । र, उनीहरू नै भारतीय टिममा खेल्ने हुन् । सबै खेलाडीले खेलको अवस्था राम्रोसँग बुझ्ने भएकाले मलाई पनि सहज हुन्छ । कप्तानका रुपमा मेरो भूमिका पनि उनीहरूलाई अघि बढाउने हो ।”

Global Ime bank

भाारतले २०२१ को विश्वकपपछि भएका पछिल्लो सात ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलामध्ये ६ मा विजय हासिल गरेको छ । वर्षाले खेल प्रभावित भएपछि दक्षिण अफ्रिकाविरुद्धको शृंखला भने बराबरीमा सकिएको थियो ।
 
हार्दिक पाण्डेयका अनुसार अब भातरको अर्कोे लक्ष्य भनेको एसिया कप हो । एसिया कप २७ अगष्टदेखी युनाइटेड अरब इमिरेट्स (यूएई)मा हुँदै छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २३, २०७९  १२:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय